शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
Feb 16, 2018
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जुट्यो आयोग
शुक्रबार, फागुन ४, २०७४
काठमाडौं : संसदमा प्रतिनिधित्व गरिरहेका राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको सञ्चालन र व्यवस्थापनको सम्बन्धमा निर्वाचन आयोगले औपचारिक छलफल सुरु गरेको छ ।

छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको छ । संघीय संसद गठनसँगै निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श सुरु गरेको हो ।

यसरी परामर्श सुरु गरीएको राष्ट्रिय मान्यता पाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओबादी केन्द्र, राष्ट्रिय जनता पार्टी र मधेशी जनअधिकार फोरम गरी ५ राजनीतिक दलहरु छन । चैत्र मसान्तभित्र सम्पन्न हुनेगरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श गरिएको आयोगले जानएको छ ।

आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपनि त्यसको टुंगो भने सरकारसँग छलफल गरेपछि मात्रै लगाउने जनाएको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु मतदान गर्नेछन । संवैधानिक व्यवस्था अनुसार बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुनेछन् । (पवन कुमार तामाङ)

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang