शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
देश
Feb 16, 2018
सातै प्रदेश मुख्यमन्त्री र सभामुख महिला विहिन
शुक्रबार, फागुन ४, २०७४
काठमाडौं : सातवटै प्रदेशको मुख्यमन्त्री र सभामुख महिला विहिन हुने भएको छ । प्रदेश नम्बर १ मा एमालेका प्रदीप भण्डारी सभामुख र एमालेकै शेरधन राई मुख्य मन्त्री बनेका छन । यो प्रदेशमा सभामुखको दावेदार रहेकी उषाकला राई पार्टीको गुटगत भागबण्डको कारण अटाउन सकिनन ।

त्यस्तै प्रदेश नम्बर २ मा राजपाका सरोज यादव सभामुख र फोरमका लालबाबु राउत मुख्य मन्त्री बनेका छन भने प्रदेश नम्बर ३ मा एमालेका सानुमान श्रेष्ठ सभामुख र एमालेकै डोरमणी पौडेल मुख्यमन्त्री बनेका छन । प्रदेश नम्बर ४ मा माओबादी केन्द्रका नेत्रनाथ अधिकारी सभामुख र एमालेको पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री भएका छन् । त्यस्तै प्रदेश नम्बर ५ मा एमालेका शंकर पोखरेल मुख्य मन्त्री र माओबादी केन्द्रका पुर्ण घर्तिले सभामुखको जिम्मेवारी पाएका छन भने प्रदेश नम्बर ६ मा एमालेका राजबहादुर शाही सभामुख र माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्य मन्त्रीमा भएका छन ।

त्यस्तै प्रदेश नम्बर ७ मा एमालेका अर्जुन बहादुर थापा सभामुख र माओबादी केन्द्रका त्रिलोचन भट्ट मुख्य मन्त्री बन्ने निश्चित भएको छ । केन्द्रीय सरकारमा सभामुख र उपसभामुख मध्य एकजना तथा राष्ट्रपति र उपराष्ट्रपति मध्ये एकजना महिला अनिवार्य भएपनि प्रदेशमा भने त्यो देखिदैन ।

स्थानीय तहमा भने प्रमुख र उप प्रमुख मध्ये एकजना महिला अनिवार्य गर्नुपर्ने संवैधानिक ब्यवस्था भएकोले ती तहहरुमा महिलाहरुको प्रतिनिधित्व भएको छ । यस्तो बाध्यात्मक स्थान बाहेक अन्य स्थानहरुमा महिलाहरुलाई स्थान नदिने दलहरुको प्रवृतिको कारण प्रदेश सरकारको मुख्य मन्त्री र प्रदेश सभाको सभामुखमा महिला सहभागीता विहिन देखिएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang