शनिबार, ९ आषाढ, २०७५ (Sat, 23 June, 2018)
मनोरञ्जन
Feb 16, 2018
आदिवासी जनजाति चलचित्र महासंघको वार्षिक साधारण सभा सम्पन्न
शुक्रबार, फागुन ४, २०७४
काठमाडौं : आदिवासी जनजाति चलचित्र महासंघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शनिबार चलचित्र विकास बोर्डको सभाहल चाबहिलस्थित महासंघले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामा गुरुङ, राई, लिम्बु, मगर, तामाङ, सुनुवार, नेवार, थारु, माझी, जिरेल, राजबंशी, भुजेल, मुगाल लगायतका आदिबासी जनजाति चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा सञ्चार मन्त्रालयका सह–सचिव सञ्चार महाशाखा प्रमुख प्रेम कुमार श्रेष्ठले आदिबासी जनजाति चलचित्रले नेपालको मौलिक संस्कृतिको प्रवद्र्घन गर्ने भएको हुँदा यो विषयलाई सञ्चार मन्त्रालयले गम्भिरताका साथ लिएको बताए ।

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघका उपाध्यक्ष गोबिन्द छन्त्याल, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अधिकृत सन्त बहादुर मेचे, आदिबासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्घन समिति संयोजक ज्योतिराज राई, महासंघका पूर्व अध्यक्ष प्रतिमाया पुन, मगर चलचत्रिकर्मी संघका अध्यक्ष युबराज मास्कीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य तथा गायनहरु पनि प्रस्तुत गरिएको थियो । सभाले गत आर्थिक वर्षको आर्थिक प्रगति प्रतिवेदन पास गर्नुका साथै विधान संशोधन गर्ने निर्णय गरेको छ । महासंघका महासचिव पुर्खाजित राईले सञ्चालन गरेका कार्यक्रम अध्यक्ष अमृत बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०६६ सालमा स्थापित महासंघमा हालसम्म १३ वटा जातिय संस्थाहरु सदस्य रहेका छन् भने बाँकी आदिबासी जनजाति चलचित्रकर्मीहरुको संस्थाले पनि सदस्यता लिने क्रम जारी रहेको छ । २०४४ सालमा नेवारी भाषाको चलचत्रि सिलु निर्माण भए यता हालसम्म विभिन्न आदिबासी जनजाति समुदायमा झण्डै छ सय भन्दा बढी कथानक चलचित्रहरु निर्माण भईसकेका छन । यति धेरै चलचित्रहरु निर्माण भईसक्दा पनि राज्यले यस क्षेत्रमा खासै चासो नदिएको भन्दै आदिबासी जनजाति चलचित्रकर्मीहरु संगठित भई महासंघको स्थापना गरेका थिए ।

 - रीता गुरुङ

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa