बिहीवार, १० जेष्ठ, २०७५ (Thu, 24 May, 2018)
मनोरञ्जन
Feb 16, 2018
एक दशकदेखि व्यूटीसियन क्षेत्रमा शर्मिला कोइराला
शुक्रबार, फागुन ४, २०७४
काठमाडौं : आफ्नो सीप, क्षमताको कदर गर्दै कडा मेहेनत र लगनशिलताका साथ लगातार रुपमा व्यूटिसियन क्षेत्रप्रति आफूलाई समर्पित गरी अग्रपङ्क्तिमा आउन सफल व्यक्तित्व हुन शर्मिला कोइराला । व्यूटिसियन क्षेत्रमा एक दशक बिताइसकेकी कोइराला एक उत्कृष्ट मेकअप आर्टिस्ट एवं प्रोफेशनल व्यूटिसियन हुन ।

शुभ श्रृङ्गार व्यूटी होम एण्ड ट्रेनिङ्ग सेन्टरकी संचालिका एवं एक उद्यमी महिला को रुपमा परिचय बनाई सकेकी कोईरालाले यसै पेशामा रहेर कैयौं सौन्दर्य प्रतियोगिताहरुमा सर्वाेत्कृष्ट मेकअप आर्टिष्टको उपाधि समेत हात पार्न सफल भइसकेकी छिन ।

व्यूटिशियन पेशालाई निरन्तरता दिदै ‘चाइल्ड डेभलपमेन्ट एण्ड जेण्डर सोसियोलाइजेशन विषयमा’ स्नातकोत्तर हासिल गरेकी कोइराला एक बहुआयामिक प्रतिभाकी धनी ब्यक्तित्व हुन । उनमा व्यूटिसियन क्षेत्रको विविध विषयमा दक्षता त छँदै छ कलाकारिताको क्षेत्र जस्तै, चित्रकला, नृत्यकला, लेखन जस्ता कलाका बिबिध आयाममा समेत उनको दख्खल छ । उनी मेकअप आर्टिस्ट, नेल एवं मेहन्दी आर्टिष्टका साथै एक कुशल व्यूटिसियन प्रशिक्षक पनि हुन ।

आफ्नो पेशा एवं व्यवसायलाई थप मर्यादित एवं व्यवस्थीत बनाई यसै क्षेत्रमा आउन चाहने व्यक्तित्वहरुको लागि समेत एक प्रेरणाको स्रोतका रुपमा देखापरेकी छिन । कुनै क्षेत्रमा दृढ संकल्प र परिश्रमका साथ लागिन्छ भने त्यस क्षेत्रको एक उचाइमा अवश्य पुगिन्छ भन्ने मान्यता बोकेकी कोइराला राष्ट्रिय सीप प्रशिक्षण समितिमा रहेर सीप मूल्याङ्कनकर्ताको रुपमा समेत कार्यरत छिन ।

आफ्नो व्यवसायमै व्यस्थताका बाबजुद उहाँ विभिन्न कार्यक्रममा मेकअप आर्टिस्ट, ट्रेनर एवं कैयौं संघ संस्थानहरुमा आबद्ध हुदै स्वःस्फूर्त रुपमा सक्रिय सहभागीता जनाउदै आएकि छिन । व्यूटिसियन पेशामा विविध विषयवस्तुहरुको समायोजन भएको हुन्छ, जसमा स्कीन केयर, हेयर, मेकअप, नेलदेखि लिएर सौन्दर्यसँग सम्बन्धित अनेकन विषयहरुमा उनीद्वारा ट्रेनिङ्ग प्राप्त गर्ने विद्यार्थीहरु बिभिन्न देशहरुमा यस पेशामा आवद्व भई मनग्य आयआर्जन गर्न सक्षम छन । उनले यस क्षेत्रप्रति आफ्नो अग्रसरता देखाउँदै विविध स्टेज कार्यक्रममा आफ्नो उत्कृष्ट प्रस्तुती समेत दिदैँ आएकी छिन ।

- पवित्रा बजगाई

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale