बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
खेलकूद
Feb 16, 2018
विश्व क्रिकेट लिग डिभिजन–२ रोमाञ्चक जितसँगै नेपाल विश्वकप छनोटमा
शुक्रबार, फागुन ४, २०७४
क्यानडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपूर्ण जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन–२ को राउन्ड रोबिनको पाँचौं तथा अन्तिम चरणमा नेपाल र क्यानडाबीच विजयी हुने टोली मात्र विश्वकप छनोटमा पुग्ने स्थिति थियो । नेपाल सर्वाधिक ८ अंकको साथ विश्वकप छनोटमा पुगेको हो ।

यूएई, नामिबिया र क्यानडाको समान ६ अंक भएपनि राम्रो रन रेटका आधारमा यूएई छनोट हुन सफल भएको छ । नेपाल र यूएईले बिहीबार फाइनल खेल्नेछन । जित हात पार्न नसकेको भए नेपाल डिभिजन–२ मै रोकिने थियो । २०१९ को विश्वकप छनोटको आधार रहेको डिभिजन–२ का शीर्ष दुई टोली विश्वकप छनोटमा पुगेका हुन ।

नेपाल लगातार दोस्रो पटक विश्वकप छनोटमा पुगेको हो । विश्वकप छनोट मार्चदेखि जिम्बावेमा हुनेछ । विश्वकप छनोटमा वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स सहित १० टोलीको सहभागिता रहने छ ।

छनोट प्रतियोगिताका शीर्ष दुई टोली २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपमा पुग्नेछन । त्यसबाहेक स्कटल्यान्ड, हङकङ, पपुवा न्युगिनी छनोटमा सहभागी अन्य राष्ट्र हुन् । वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड, अफगानिस्तान टेस्ट मान्यता प्राप्त राष्ट्र हुन । नेदरल्यान्ड्ससँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता छ । यी बाहेक विश्वकप छनोटको शीर्ष तीनमा पर्ने राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने छन । पुछारका दुई टोलीले फेरि डिभिजन–२ मै फर्कनुपर्ने छ ।

नेपालले टस जितेपछि ब्याटिङ पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले १ सय ४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । चार पटक एकदिवसीय विश्वकप खेलिसकेको क्यानडा यो अवस्थामा ११ औं पटक विश्वकप छनोटमा पुग्ने निश्चित जस्तै देखिएको थियो । नेपालका लागि करण केसीले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गरी नटआउट ४२ रन बनाएपछि नेपालले अन्तिम बलमा विजय लक्ष्य पूरा गरेको थियो ।

अन्तिम २ ओभरमा २० रन चाहिने अवस्थामा करणले ४९औं ओभरमा एक चौका र एक छक्का सहित १२ रन बनाएपछि नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो । अन्तिम ओभरको पहिलो चार बलमा कुनै रन लिन नसक्दा पराजयको नजिक पुगिसकेको नेपाल पाँचौं बलमा करणले छक्का प्रहार गरेपछि सनसनीपूर्ण जितको आस ब्युँतिएको थियो । त्यसपछिको अन्तिम बल वाइड हुँदा नेपालको पोल्टामा १ रन थपियो । र, अन्तिम बलमा सहज १ रन प्रहार गरेर करणले नेपाललाई जित दिलाए । करणले सन्दीपसँग १०औं विकेटमा ५१ रनको साझेदारी गरेका थिए ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang