शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
विचार
Feb 16, 2018
सन्दर्भ जनयुद्ध दिवसको
शुक्रबार, फागुन ४, २०७४
- योगेन्द्र चौलागाई
२०५२ साल फागुन १ गतेका दिन तत्कालिन नेकपा माओबादीले जनयुद्धको घोषणा गरेको थियो । त्यही घोषणको २३ औं जनयुद्ध दिवस गत मंगलबार मनाईयो । तत्कालिन शासन व्यवस्थाको विरोध गर्दै जनआन्दोलनको घोषणा गरिएको थियो । माओबादीले सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाहरु प्रति असहमती जनाउदै भुमिगत युद्धको सुरुवात गरेको थियो ।

शोषित पीडित वर्गको मुक्तिका साथै मुलुकमा आमुल परिवर्तनको नारा लिएर सुरु भएको जनयुद्धको २२ बर्ष पुरा भएको उपलक्ष्यमा जनयुद्ध दिवस मनाईएको हो । यो २३ औं जनयुद्ध दिवस मनाईरहदा देशमा धेरै राजनीतिक परीवर्तनहरु आईसकेका छन । राजतन्त्रको अन्त्य भई मुलुकमा लोकतन्त्र तथा गणतन्त्र समेत स्थापना भएको छ । तत्कालिन समयमा जनयुद्धमा लागेकाहरुले अहिले सभासद्, मन्त्री, प्रधान मन्त्री लगाएतका उच्च ओहोदामा पुग्ने भाग्य पाएका छन । जनयुद्धमा लागेको त्यही माओवादी टुक्रिदै गईरहेको छ ।

जनताको परिवर्तनको आकांक्षालाई शशक्त नाराको रुपमा लिएर अघि बढेको जनयुद्धकै बलमा भईरहेको अहिलेको राजनीतिले गरीरहेको यो यात्राको संभव भएको हो । तर केहि अगुवाहरुको व्यवहार र कार्यशैलीका कारण जनयुद्धको बदनाम हुन पुगेको छ । जनयुद्धको उपलब्धीलाई आप्mनो वर्ग उत्थान र जीवन शैलि परीवर्तनको निम्ति मात्र प्रयोग गरिरहेका छन । केहि क्रान्ति गर्छु भन्नेहरु धनाढ्य बनेका छन ।

तर २२ बर्षमा जनताको अबस्था हेर्ने हो भने झन दयनीय बनेको छ । मुलुकमा दण्डहीनता र भ्रष्टाचार बढेको छ । युवाहरु बिदेशिन बाध्य छन । नेपाली चेलिहरु बिभिन्न मुलुकहरुमा बेचिन बाध्य छन । देशमा महंगी र गरीबि झन झन बढेको छ । जनयुद्ध दिवस मनाईरहँदा मोहन बैद्य मुलुकमा क्रान्ति आवश्यक छ तसर्थ फेरी क्रान्तिका निमित्त छरिएर रहेका क्रान्तिकारीहरु एकजुट र केन्द्रित भई नयाँ ढंगबाट बन्दुक उठाउन आवश्यक छ भनिरहेका छन भने नेत्र बिक्रम चन्दले पनि क्रान्ति नसकिएको बताईरहेका छन ।

जनयुद्ध प्रारम्भ भएको २३ बषको अन्तरालमा १० बर्षे जनयुद्ध र १३ बर्षको शान्ति प्रक्रिया आफैंमा बिरोधाभाषपुर्ण देखिन्छ । जनयुद्ध सुरुगरेकाहरु आफै बिभाजीत भएर एक आपसमै आरोप र प्रत्यारोप गरीरहेका छन । एकथरी संघिय संरचनाको कार्यान्वयनका लागि विकास र सम्वृद्धिको लडाईमा लागे भने अर्काथरी रुस र चिनसँग नेपालको मोडल दाँज्दै चर्चा गरीरहेका छन । एउटै उद्देश्यले जनयुद्ध लडेकाहरु आज फुटेर टुक्रा टुक्रा भएका छन । अझै नेपाल आमाको सन्तानको रगत र बलिदानी माथि खेलवाड गरीरहेका छन ।

शहिद परिवारको विचल्ली भईरहँदा यता स्वर्थ र सत्ताको खेलमा नेतृत्वहरु लिप्त भईरहेका छन् । जनयुद्धमा मारीएका १७ हजार नेपाली जनताको रगतको मूल्य कतै भेटिदैन । तसर्थ मुलुकको वर्तमान अबस्थालाई हेर्दा जीवन मरणको दोसाँधमा काँधमा बन्दुक बोकेर हिडेकाहरु लाई कस्तो लाग्ला ? फेरी १७ हजार नेपालीको रगत बगाएर आएको परिवर्तन कसका लागी हो भन्ने कुराको समिक्षा गरीनु पनि आवश्यक छ ।

हुनत ठुलो परिवर्तनका निम्ति स साना कुरामा अल्मलिनु वा के पाईयो पाईएन ,के गुमाईयो भन्नु सान्दर्भीक नहोला, तर बिद्रोह सुरुगरेका नेतृत्वहरुबाटै अन्तर्घात हुनु तथा जनयुद्धमा मारीएका र घाईते भएकाका परिवारहरुले घात ब्यहोर्नु परेको दृष्टान्त घृणित घटना हो । जनयुद्ध दिवस मनाएर जनयुद्धको स्मरण मात्र गरेर ईतिहास प्रतिको दायीत्व र परिवर्तनको भार पुरा हुदैन । जनयुद्धको उद्देश्य, निति तथा शान्ति प्रक्रिया सम्मको घटना र नेतृत्वको कार्यशैलिको मुल्यांकन गरीनु पर्दछ । जनयुद्धमा ज्यान बलिदान दिनेहरुको योगदानको कदर गरीनु पर्दछ ।

जनयुद्धको उद्देश्य के थियो ? हजारौं शहिद र घाईतेहरुको योगदानबाट मुलुकले के पायो ? जनतामा के परीवर्तन भयो ? भन्ने कुराको जोडदार रुपमा समिक्षा गरिनु आवश्यक छ । साथै जनयुद्धबाट प्राप्त उपलब्धीलाई व्यक्तिगत जीवनशैलि परिवर्तनका लागी नभई मुलुक र जनताको जीवन परिवर्तनका लागी संस्थागत गरिनु पर्दछ । यसरी दिवस मनाईरहँदा उल्लेखित कुराहरु तथा जनयुद्धको उदेश्य पुरागर्ने प्रतिबद्धता जनाउनु पर्दछ । तब मात्र नेपाली आमाका हजारौ सन्तानको रगत बगाएर भएको जनयुद्धको सही रुपमा स्मरण हुने छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang