शुक्रबार, ३० कार्तिक, २०७५ (Fri, 16 November, 2018)
खेलकूद
Feb 20, 2018
च्यारेटी सो फुटबल खेल्न युकेबाट एफसीके गोर्खा भेट्रान फुटबल टोली नेपालमा (भिडियाे सहित)
मंगलवार, फागुन ८, २०७४
काठमाडौं : अनाथ बालबालिकाको सहयोगार्थ च्यारेटी सो फुटबल खेल्न युकेबाट एफसीके गोर्खा भेट्रान फुटबल टोली आज नेपाल आईपुगेको छ । टोलीलाई अण्डर १६ का प्रशिक्षक राजुकाजी शाक्यले स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एफसीके गोर्खा भेट्रान टोलीका नेतृत्व गरेका बुद्धि सुनुवारले नेपालका लागि यो च्यारेटी सो फुटलबलको माध्यमबाट अनाथ बालबालिकालाई सहयोग गर्ने बताए । च्यारेटी सो खेल एन्फा कम्प्लेस सातदोटोमा १२ गते शनिबार विभिन्न दलका राजनीतिज्ञ, कलाकार, पूर्व राष्ट्रिय खेलाडीबीच हुनेछ ।

यस अघि १० गते बिहीबार भने लिखुभुजी रामेछाप युवा क्लव र किराँत कोइँच स्पोर्टस क्लबका पदाधिकारी सम्मिलित टोलीसँग एफसीके गोर्खा भेट्रान टोलीले मैत्रीपूर्ण खेल खेल्ने छ । त्यस्तै भेट्रान टोलीले पोखराको साहारा क्लबसँग फागुन १९ गते शनिबार च्यारेटी सो फुटबल खेल्नेछ ।

टोलीलाई सुनुवार भेषभुषामा सजिएका किरात कोइँच स्पोर्ट्स क्लबका संयोजक सामुयल सुनुवार (साम) र लिखुभुजी रामेछाप क्लवका अध्यक्ष मनोज सुनुवार लगायतले स्वागत गरेका थिए ।

भिडियाे सहित


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan