शनिबार, ३ कार्तिक, २०७५ (Sat, 20 October, 2018)
देश
Mar 11, 2018
तीन विद्यार्थी संगठनको गृहमन्त्रीलाई ज्ञापन
आईतवार, फागुन २७, २०७४
काठमाडौं : प्रमुख तीन विद्यार्थी संगठनले महिला तथा बालिकामाथिको ज्यादती बढ्दै गएको भन्दै त्यसलाई रोक्न ठोस पहल कदम चाल्नु पर्ने माग सहित गृहमन्त्री रामबहादुर थापालाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियूका अध्यक्ष नवीना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियू (क्रन्तिकारी)का अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा गएको विद्यार्थीको समूहले गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा २० वर्षीया छात्रामाथि भएको ज्यादती, पर्सामा गतसाता आठ वर्षीया बालिकामाथि भएको बलात्कार लगायत घटनामा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कारबाही गर्न तथा पीडितलाई उचित न्याय र परिपूरणको प्रबन्ध मिलाउन माग गरिएको छ ।

कानूनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण बारम्बार यस्ता घटना दोहोरिइरहेको भन्दै त्यसलाई सच्याउन विद्यार्थी संगठनले माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले बलात्कारजस्तो जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले बलत्कारमा संलग्नले कहीँकतैबाट उन्मुक्ति नपाउने गरी अनुसन्धान र कारबाहीका काम अघि बढाउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । (रिता गुरुङ)


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan