बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Mar 12, 2018
ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमानस्थलमै दुर्घटना, ७१ मध्ये ४९ जनाको मृत्यु २२ जना यात्रु घाइते
सोमबार, फागुन २८, २०७४
काठमाडौं : वंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस वंगलाको विमान अवतरण गर्ने क्रममा दुर्घटना हुदाँ ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ वजेर २० मिनेट जादाँ जहाज दुर्घटना भएको हो । बर्वाडियर ड्यास ८ क्यु ४०० जहाजमा ४ जना चालक दलका सदस्यसहित ६७ जना यात्रु सवार रहेको विमानस्थालका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

विमानमा ४ चालक दलका सदस्य बाहेक ३३ नेपाली, ३२ बंगाली, १ चिनियाँ र १ मादिभ्सका नागरिक रहेका थिए । घाइते २१ जनाको राजधानीको ग्राण्डी, काठमाडौं मेडिकल कलेज, नर्भिक तथा ओम अस्पतालमा उपचार भैरहेको छ । विमानस्थलमा ठुलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलका कर्मचारी लगायत वारुणयन्त्रका उध्दारमा खटिएका थिए ।

विमान दुर्घटनाका कारण झन्डै ३ घण्टा अवरुद्ध वनेको विमानस्थल साझ अवेरवाट भने सुचारु भएको विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाएको छ ।

दुर्घटना वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पाइलटले एअर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्दा दुर्घटना भएको बताए ।

दुर्घटनामा घाइते भएका चालक दलका दुइ सदस्यको उपचारको क्रममा मृत्यु भएको छ । २२ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ भने दुइ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

यसैबीच युएस बंगाल जहाज कम्पनीका सिईओ ईम्रान आशिफले एयर ट्राफिक कन्ट्रोलबाट गलत संकेत गरिएको कारण दुर्घटना भएको बताएका छन् ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang