आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
देश
Mar 12, 2018
प्रधानमन्त्री ओलीद्वारा युएस-बंगला विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्न निर्देशन
सोमबार, फागुन २८, २०७४
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले युएस-बंगला विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्न निर्देशन दिनुभएको छ । विमान दुर्घटना लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगी प्रधानमन्त्री ओलीले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानबिन गर्ने बताउनुभएको हो ।

दुर्घटनाबाट आफू मर्माहत रहेको भन्दै प्रधानमन्त्री ओलीले मृतक प्रति श्रद्धाञ्जलि, शोकाकुल परिवारमा समवेदना तथा घाइतेको स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले उद्धार, घाइतेको उपचार र अन्य आवश्यक काममा सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै सबै घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभयो ।

दुर्घटना लगत्तै प्रधानमन्त्री ओलीले बंगलादेशका प्रधानमन्त्रीसंग टेलिफोन संवाद गर्नुभएको थियो । प्रधानमन्त्री ओलीसँगै बंगलादेशका राजदूत मास्फी बिन्ति साम्से पनि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुगेर दुर्घटनावारे जानकारी लिनुभएको छ ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विमान दुर्घटनामा परि मृत्यु हुनेप्रति गहिरो दुख ब्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । दुर्घटना लगत्तै सरकारका मन्त्री एवं सुरक्षानिकायका प्रमुखहरु विमानस्थल पुगेका थिए ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa