सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
समाचार
Mar 12, 2018
पार्टी एकताको घोषणा बैशाख ९ गते : नेता नेम्वाङ
सोमबार, फागुन २८, २०७४
काठमाडौ : नेकपा एमालेका नेता सुवाश नेम्वाङले माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा बैशाख ९ गते हुने दावी गर्नुभएको छ ।

नेता नेम्वाङले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैखाख नौ गते २ पार्टीबीच एकता हुने विषयमा छलफल भईरहेको जानकारी दिनुभएको हो ।

आज संघीय संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले पार्टी एकतामा अव ढिलाई नहुने स्पष्ट पार्नुभयो ।

संसद र संसदीय गतिविधिमा बढि ध्यान दिनु परेका कारण पार्टी एकता कार्यदलले अपेक्षा अनुसार काम गर्न नपाएको दुवै दलको भनाई छ । २ पार्टीबीच एकीकरणको दस्तावेज तयार पार्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको विधान निर्माण कार्यदल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा नेतृत्वको संगठन निर्माण कार्यदल गठन गरिएको छ । नेता नेम्वाङले दुवै कार्यदलले आफ्नो कामलाई अन्तिम चरणमा पुरयाएको पनि बताउनुभयो ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa