बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
खेलकूद
Mar 12, 2018
आईसिसि विश्वकप क्रिकेट छनोटको चौथो खेलमा नेपालद्वारा हङकङ ५ विकेटले पराजित
सोमबार, फागुन २८, २०७४
काठमाडौं : आईसिसि विश्वकप छनोट क्रिकेट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ ।

जिम्बाबेको बुलवायोमा भएको समुह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो । अन्तिम खेलमा जित निकाल्ने क्रममा नेपालले हङकङले दिएको १ सय ५४ रनको लक्ष्य ५ विकेटको क्षतिमा ४० दशमलव १ ओभरमा पुरा गर्यो ।

नेपालको जितका लागि सोमपाल कामी र रोहित कुमार पौडेलले ८९ रनको साझेदारी गरे । पाँचौँ र छैटौँ विकेटका लागि आएका रोहित र सोमपालले क्रमस ४८ र ३७ रन बनाए । यसअघि सामान्य लक्ष्य पछ्याएको नेपालको ओपनिङ आज पनि फिक्का देखिँदा नेपाल ७०-५ को कठिन अवस्थामा थियो ।

ओपनर अनिल साहले २६ रनको पारि खेले पनि ज्ञानेन्द्र मल्ल जम्मा १२ रनमा आउट भए । यस्तै कप्तान पारस खड्का ११ र दिपेन्द्रसिंह ऐरिले १२ रन जोडे । यसअघि सन्दीप लामिछानेले ३ विकेट लिएपछि टस हारेर पहिले फिल्डीङ गरेको नेपालले हङकङलाई मात्र १ सय ५३ रनमा रोकेको थियो ।

हङकङका निजाकत खानले ४७ रन बनाए भने बबर हयातले २० तथा ईशान खानले २१ रन जोडे । हङकङको पारि सस्तैमा समेट्न बसन्त रेग्मी र करण केसीले पनि २-२ विकेट लिए । यस्तै सोमपाल कामी र ललित राजबंसिको नाममा पनि १- १ विकेट रहयो ।

यसअघि नै सुपरसिक्सको मौका गुमाईसकेको नेपालले अब वानडे मान्यताका लागि प्लेअफ खेल्ने छ । प्लेअफ अन्तर्गतका सबै खेल नेपालले जिते ओडिआई मान्यता पाउने सम्भावना बलियो छ ।

आजको खेलमा जित निकाल्दै समुह बीको चौथो स्थानमा उक्लिएको नेपालले प्लेअफको पहिलो खेलमा समुह ए को पाँचौ स्थानमा रहेको पपुवान्यूगीनिसँग खेल्ने छ ।।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang