बुधबार, २८ कार्तिक, २०७५ (Wed, 14 November, 2018)
देश
Mar 13, 2018
यूएस बंगला विमानबारे विस्तृत जानकारी लिन बंगलादेशका उच्चस्तरीय टोली काठमाडौंमा
मंगलवार, फागुन २९, २०७४
काठमाडौं : हिजो दुर्घटना भएको यूएस बंगला विमानबारे विस्तृत जानकारी लिन बंगलादेशका नागरिक उडड्यनमन्त्री एकेएम शाहाजहान कमालसहितको उच्चस्तरीय टोली काठमाडौं आईपुगेको छ ।

बंगलादेशका नागरिक उडड्यनमन्त्री कमालसहितको उच्चस्तरीय टोली आज दिउसो काठमाडौं आएको हो । विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कमालले विमान दुर्घटनाको कारणको खोजी गर्न आएको बताएका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेदले पठाएको टोलीमा त्यहाँका परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उडडयन प्राधिकरणका उच्च अधिकारी रहेका छन । टोलीले विमान दुर्घटनाबारे सम्बन्धित अधिकारीहरुसँग विस्तुत जानकारी लिनेछ ।

हिजो दुर्घटनाग्रस्त भएको विमानमा ३३ जना नेपाली र ४ जना चालक दलका सदस्यसहित ३६ जना बंगाली, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार रहेका थिए । विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्री केपी ओलीले टेलिफोन संवादमार्फत बंगलादेशका प्रधानमन्त्री शेखहसिनालाई घटनाबारे जानकारी गराउनु भएको थियो । नेपाल सरकारले गठनको छानवीन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan