सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
देश
Mar 13, 2018
यूएस बंगला एअरलाइन्सको विमान दुर्घटनाको कारण प्राविधिक छानविन पछि मात्रै स्पस्ट पारिने
मंगलवार, फागुन २९, २०७४
काठमाडौं : नागरिक उड्यन प्रधिकरणले हिजो भएको यूएस बंगला एअरलाइन्सको विमान दुर्घटनाको कारण प्राविधिक छानविन पछि मात्रै स्पस्ट पारिने बताएको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रधिकरणका महाप्रवन्धक सन्जिव गौतमले सरकारले गठन गरेको छानविन आयोगले प्रतिवेदन दिएपछि मात्रै दुर्घटनाको कारणवारे सार्वजनिक गरिने बताए ।

महाप्रवन्धक गौतमले विमान दुर्घटना लगत्तै उद्धार टोली खटाइएका कारण क्षति कम भएको दावी गरे । विमान चालक र कन्ट्रोलरुमबीच भएको कुराकानी सार्वजनिक भएकोमा आपत्ती जनाउदै उनले छानविन गरि दोषीलाइ कारवाही गरिने प्रतिवद्धता ब्यक्त गरे ।

विमान दुर्घटना हुनुमा त्रिभूवन-विमानस्थलको कमजोरी रहेको भन्ने बंगलादेशको आरोप खण्डन गर्दै महाप्रवन्धक गौतमले त्यसमा कुनै सत्यता नरहेको प्रतिकृया दिए । पत्रकार सम्मेलनमा दुर्घटनामा ४९ जनाको मृत्यु भएको, २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको र १ जना डिस्चार्ज भएर घर फर्कीएको जानकारी गराइएको थियो ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa