सोमबार, २९ असोज, २०७५ (Mon, 15 October, 2018)
समाचार
Mar 13, 2018
राष्ट्रपति पदमा दोश्रो कार्यकालका लागि विद्या देवी भण्डारी निर्वाचित
मंगलवार, फागुन २९, २०७४
काठमाडौं : संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदमा दोश्रो कार्यकालका लागि विद्या देवी भण्डारी निर्वाचित हुनु भएको छ । वाम गठबन्धनकको तर्फबाट उम्मेद्वार बन्नु भएकी कुल मत मध्ये दुईतिहाई मत प्राप्त गरी दोश्रो कार्यकालका लागि चयन हुनु भएको हो ।

आज भएको निर्वाचनमा ३९ हजार २ सय ७५ मतभार पाएर भण्डारी पुनः निर्वाचित हुनु भएको हो । भण्डारीको प्रतिस्पर्धी कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मीराइले ११ हजार ७ सय ३० मतभार पाएर पराजित हुनुभयो । कुल मतदाता ८ सय ८० मध्ये ८ सय ६२ मत खसेको थियो भने ८ मत बदर भएको थियो ।

संघीय संसदका सांसदको एक मत बराबर ७९ र प्रदेश सांसदको एक मत बराबर ४८ मतभार कायम गरिएको थियो । नेपालको प्रथम महिला राष्ट्रपतिको कीर्तिमान बनाएकी भण्डारीले राष्ट्रपतिमा दोश्रो कार्यकालका लागि निरन्तरता पाउने महिलाको रुपमा पहिलो हुनुभएको छ ।

यसैबीच नवनिर्वाचित राष्ट्रपति भण्डारीले भोलि दिउसो ४ बजे प्रधानन्याधीशबाट शपथ लिने कार्यक्रम तय भएको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan