बुधबार, ४ पौष, २०७५ (Wed, 19 December, 2018)
समाचार
Mar 16, 2018
प्रधानमन्त्री ओलीद्वारा तेस्रो पटक मन्त्रिमण्डल विस्तार, ४ जना राज्यमन्त्री
शुक्रबार, चैत्र २, २०७४
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २२ सदस्यीय बनाउनुभएको छ । नवनियुक्त मन्त्रीहरुमा एमालेबाट ६ जना माओवादीबाट ५ जना तथा ४ जना राज्यमन्त्री रहेका छन् ।

एमालेबाट परराष्ट्रमन्त्रीमा प्रदीप ज्ञवाली, श्रम तथा रोजगारमा गोकर्ण विष्ट, पर्यटनमा रबीन्द्र अधिकारी, भौतिकमा रघुवीर महासेठ, कानुनमा शेरबहादुर तामाङ र युवा तथा खेलकुदमा जगत विश्वकर्मा हुनुहुन्छ ।

त्यस्तै माओवादी केन्द्रबाट उर्जामा वर्षामान पुन, शिक्षामा गिरिराजमणी पोखरेल, बनमा शक्तिबहादुर बस्नेत, कृषि तथा सहकारीमा चक्रपाणी खनाल र खानेपानी मन्त्रीमा वीना मगरले शपथ लिनुभएको हो ।

राज्यमन्त्रीमा गोकूल बाँस्कोटा सूचना तथा सञ्चार, पद्मा अर्याल, रामकुमारी चौधरी र धनबहादुर बूढा रहनुभएको छ । फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका ओलीले लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरि ३ सदस्यीय मन्त्रिमण्डल बनाउनु भएको थियो ।

फागुन १४ गते एमालेबाट अर्थमन्त्रीमा युवराज खतिवडा र रक्षामा ईश्वर पोखरेल तथा माओवादीबाट गृहमा रामबहादुर थापा र उद्योग बाणीज्य तथा आपूर्तिमन्त्रीमा मातृका यादव नियुक्त हुनुभएको थियो ।

एक महिनाको अवधीमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेपनि अझै पूर्णता पाउन सकेको छैन । संघीय समाजवादी फोरम र राजपाले सरकारलाई समर्थन गर्दै सरकारमा जाने बताएपनि भागवण्डा नमिल्दा मन्त्रिमण्डलमा सहभागी भएनन् ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan