बिहीवार, ६ बैशाख, २०७५ (Thu, 19 April, 2018)
देश
Mar 16, 2018
प्रतिनिधिसभा उपसभामुखमा नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित
शुक्रबार, चैत्र २, २०७४
काठमाडौं : प्रतिनिधिसभा उपसभामुखमा नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको मत विभाजनमा बाम गठबन्धनकी तुम्बाहाम्फेको पक्षमा २ सय १ मत परेको थियो । कांग्रेसकी पुष्पा भुषालको पक्षमा ६१ मत मात्र परेको थियो ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा २ सय ६२ जना सदस्य उपस्थित भएकोमा तुम्बाहाम्फेको पक्षमा दुई तिहाई भन्दा बढी मत खसेको थियो । माओवादी सांसद देवप्रसाद गुरुङको प्रस्ताव तथा एमाले सांसद रविन्द्र अधिकारी समर्थनमा तुम्बाहाम्फेले उम्मेद्वारी प्रस्तुत गर्नुभएको थियो ।

एमालेको समानुपातिक सांसद तुम्बाहाम्फेले महिला आन्दोलनमा विद्यावारिधि गर्नुभएको छ । यसअघि आजै बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले मंगलवार भएको युएस वंग्लाको विमान दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धा सुमन व्यक्त गर्नुभयो । उहांले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै मृतकको शवको चेक जांच जतिसक्दो छिटो सकेर परिवारलाई जिम्मा दिइने बताउनुभयो ।

दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा संसद वैठकमा १ मिनेट मौन धारण गरिएको थियो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale