बिहीवार, ६ बैशाख, २०७५ (Thu, 19 April, 2018)
देश
Mar 16, 2018
सरकारले सर्वसत्तावादी चरित्र देखाएको कांग्रेस नेताहरुको आरोप
शुक्रबार, चैत्र २, २०७४
काठमाडौं : मुख्य विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले सरकारले सुरुवात मै सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाएका छन् । काठमाडौंमा कांग्रेसका अगुवा कार्यकर्ताहरुका भेलामा बोल्दै पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौंलाले सुरुवातमै सरकारले खराब संकेत देखाएको आरोप लगाएका छन् ।

राज्यका संयन्त्रहरु असन्तुलित बनाएर सर्वसत्तावाद लाद्न खोजिएको भन्दै नेता सिटौंलाले कांग्रेस सर्वसत्तावादका विरुद्धमा उभिने बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गगन थापाले सरकार निरंकुश बन्ने खतरा रहेको भन्दै प्रतिपक्षको रुपमा कांग्रेसको भूमिका प्रभावकारी बनाउनुपर्ने बताए ।

आन्तरिक सुधार र नेतृत्व परिवर्तनबाट मात्रै कांग्रेसले आफ्नो चुनौती पूरा गर्न सक्ने थापाको भनाई थियो । नेताहरुले संसदमा आकार सानो भएपनि राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका साँघुरो नहुने भन्दै विपक्षीलाई कमजोर नआँक्न सरकारको ध्यानाकर्षण गराएका थिए ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale