आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
मनोरञ्जन
Mar 25, 2018
राजेशको आहा साइली सार्वजनिक
आईतवार, चैत्र ११, २०७४
कठ्मान्डौ : लोकप्रिय युवा गायक राजेश बर्देवाको "सुन साईली" नयाँ गीत हालचाल सार्वजानिक भएको छ । निकै चर्चा बटुलेको गीत ‘सुन साइली’ पछि नेपाली सांगीतिक बजारमा ‘आहा साइली’ गीतको चर्चा सुरु भएको छ । नेपाली लोक दोहोरी क्षेत्रबाट सांगीतिक बजारमा प्रबेश गरेका गायक राजेश बर्देवाले ‘आहा साइली’ बजारमा ल्याएका हुन् । लोक पप बिधामा प्रवेश गरेका बर्देवाको रोमान्चकारी गीत ‘आहा साइली’को यति बेला बजारमा चर्चा सुरु भएको छ । यो गीत निकै फरक र रोमान्टिक पनि भएकोले दर्शक-स्रोताले मन पराउने बिस्वाश लिएको बर्देवा बताउछन् । माया जालमा पार्यो मायाले, बोर भयो मायालु गितार बजाइदेउ, मत सानू बिरानो गाउको हो, घुम्ती नीर सिसाको ऐनालगायत दर्जनौ गीतमा आवाज दिएका बर्देवा पछिल्लो समय विभिन्न मेला महोत्सबका स्टेज कार्यक्रममासमेत ब्यस्त छन् । उनी एउटा कलाकारका साथै कुशल कार्यक्रम उद्घोसक समेत भएकाले पनि कार्यक्रमहरुमा उनको माग र ब्यस्तता बढेको हो । ‘आहा साइली’मा श्री कृष्ण बम मल्लको शब्दसंगीत र राजेश बर्देवाको आवाज रहेको छ भने आशिष अबिरलले गीत एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियाेमा नेपाली चलचित्र कि चर्चित नायिका अशिस्मा नकर्मी र कृष्ण सुनारको अभिनय रहेको छ । शिव बिकको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् । म्युजिक भिडियोलाई बिन्दबाशिनी म्युजिकले बजार बजार व्यब्स्थापन गरेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang