आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
मनोरञ्जन
Apr 09, 2018
स्व. पाण्डव सुनुवारको ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ नयाँ पुस्ता माझ लिएर आए महेश र सन्ध्याले (भिडियोसहित)
सोमबार, चैत्र २६, २०७४
काठमाडौं : गायक महेश मुखिया सुनुवार र गायिका सन्ध्या सुनुवारको आवाजमा वरिष्ठ लोक गायक तथा शब्द संकल र सञ्चारकर्मी स्व. पाण्डव सुनुवारको सुमधुर लोक गीत 'भिज्यो तिम्रो रातो पछ्यौरी’ लाई रि-रेकर्ड गराएर हालै म्यूजिक भिडियो सार्वजानिक भएको छ । उक्त गीतमा स्व. पाण्डव सुनुवारको साथमा शिब बस्नेत र बासुदेब मुनालको पनि आवाजमा रहेको थियो । यो गीतको शब्द संकलन भने सन्तोष बस्नेतले गरेका हुन् ।

रि-रेकर्ड गरेर हालै बजारमा ल्याएको उक्त गीत गायक मुखिया र गायिका सुनुवारले युवा पुस्ता माझ पुराना लोक गीतलाई न्याय संगत तरिकाले प्रस्तुत गरेको देखिन्छ । सांगीतिक दुनियाँमा यो गीतले फेरी एक पटक वरिष्ठ लोक गायक पाण्डव सुनुवारलाई स्मरण गराएको अहिले संगीतकर्मीबीच चर्चा चलेको छ । सन्दीप कार्कीको रि एरेञ्जर, अशोक महर्जनको मिक्सिङ रहेको गीतमा टिपिकल लोक बाजाको प्रयोगले गीतलाई अझ सुन्दर बनाईदिएको छ ।



अमृत सुनुवारको छायांकन र निर्देशनमा बनेको म्यूजिक भिडियोमा नीराजन प्रधान, एलिसा राई र पदम राईको अभिनय हेर्न पाईन्छ । ब्रिस्मान सुनुवारको कोरियोग्राफी रहेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने एल.बि. मुखिया र सम्झना सुब्बाको निर्माण रहेको भिडियोलाई सुनुवार सेवा समाजले स्व. पाण्डव सुनुवारको स्मृतिमा समर्पित गरेको छ ।।

(भिडियो)



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang