शनिबार, ९ आषाढ, २०७५ (Sat, 23 June, 2018)
समाचार
Apr 10, 2018
सरकारको निर्णय : नेपाल प्रहरीमा सर्वेन्दर् खनाल र सशस्त्रमा शैलेन्द्र खनाल आइजीपी
मंगलवार, चैत्र २७, २०७४
काठमाडौ : नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् भने सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए ।

डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । त्यसैगरी बैठकले सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए ।

खनालले ७२ हजार प्रहरी फोर्सको नेतृत्व आगामी २१ महिनासम्म गर्नेछन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाउने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओली लगायत एमाले मन्त्रीहरुको असहमतिका कारण साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित प्रधानमन्त्री र गृहमन्त्रीको अलग्गै बैठक बसेको थियो ।

प्रचण्डले अघिल्लो पटक देउवाले वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त नगर्दा भएको लफडा स्मरण गराएपछि अन्ततः प्रधानमन्त्री वरिष्ठताकै आधारमा महानिरीक्षक नियुक्त गर्न सहमत भएका थिए । बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए ।

नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण भोलीदेखि अवकाश पाउँदैछन् ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa