बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Apr 11, 2018
प्रधानमन्त्री ओलीद्वारा माथिल्लो तामाकोसी आयोजनाको स्थलगत निरीक्षण
बुधबार, चैत्र २८, २०७४
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । आज आयोजनास्थलमा पुग्नु भएका प्रधानमन्त्री ओलीले आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राइँ गरे आफूलाई सिधैं जानकारी गराउन समेत प्रधानमन्त्री ओलीले आयोजनाका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

आयोजना निर्माणको एक दिन ढिला हुँदा ४ करोडको घाटा हुने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सरकारले यस्तो ढिला सुस्ती नसहने समेत बताउनुभयो । प्रधानमन्त्रीसँगै आयोजनास्थल पुगेका उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये सबैभन्दा पहिला तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउने विश्वास ब्यक्त गर्नुभयो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले भने राष्ट्र बैंकले डलर सटहीमा ढिलासुस्ती, लामोसाँघु-जिरी सडकको स्तरोन्नतीका क्रममा सडकको अवस्था बिग्रिएकाले निर्धारित सयममा नै आयोजना सम्पन्न गर्न कठिन भएको बताउनु भएको थियो ।

आयोजनाको ९४ दशमलव ०४ प्रतिशत कार्य सम्पन्न भइसक्दा ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भइसकेको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण ठेक्का पाएको यो आयोजना सन् २०१९ को मे भित्र सम्पन्न गर्ने समयसीमा छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang