शुक्रबार, १ भाद्र, २०७५ (Fri, 17 August, 2018)
देश
Apr 11, 2018
प्रधानमन्त्री ओली भारत भ्रमण लगत्तै राजपाका दुर्इ शीर्ष नेता नयाँ दिल्लीमा
बुधबार, चैत्र २८, २०७४
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्के लगत्तै राष्ट्रिय जनता पार्टीका दुर्इ शीर्ष नेता नयाँ दिल्ली पुगेका छन् । सरकारमा सहभागि हुने प्रक्रियामा रहेको दलको दुई शीर्ष नेता एकाएक भारत भ्रमणमा जानुलाई राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानु अगाडि देखि नै मधेश केन्द्रित दललार्इ सरकारमा सहभागी बनाएर संविधान संशोधन गर्ने समझदारी भएको थियो । संघीय समाजवादी फोरमले लिखित रुपमा संविधान संशोधनका लागि प्रतिवद्धता खोज्दा वर्तमान सरकारमा फोरमको तत्काल सहभागिता अनिश्चित बन्यो ।

संविधान संशोधनसहितका विषयहरु उठाउदै आएको राष्ट्रिय जनता पार्टी र सरकारबीच जम्मा एक पटक संवाद भयो । सहमति नजुट्दै प्रधानमन्त्री ओली भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेर फर्किसके ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा संविधान संशोधनका विषयमा कुरा उठ्न सक्ने मधेश केन्द्रित दलले विश्वास गरेका थिए । तर भ्रमणमा त्यसविषयमा छलफल नहुनुले मधेश केन्द्रित दलका केही नेता शशंकित बनाएको विश्लेषण हुन थालेको छ ।

प्रधानमन्त्री फर्केपछि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डल सदस्य महेन्द्र राय यादव दिल्ली पुगेका छन् । यद्यपी उनीहरु स्वास्थ्य उपचारको लागि भारत गएको बतार्इएको छ ।

राजपा नेपालका दुर्इ शीर्षस्थ नेताको भारत भ्रमणलार्इ अर्थपुर्ण रुपमा हेरिएको छ । संविधान संशोधन राजनीतिक एजेण्डा बनाएको मधेशकेन्द्रीत दलको दृष्टिकोणले राजपाका नेताहरुको भारत भ्रमणका क्रममा यस विषयको चर्चा हुन सक्ने विश्लेषकहरुको भनाई छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa