आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
आर्थिक
Apr 11, 2018
सरकार मुलुकलाइ आर्थिक रुपमा सबल बनाउन केन्द्रित : प्रधानमन्त्री ओली
बुधबार, चैत्र २८, २०७४
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकलाइ आर्थिक रुपमा सबल बनाउन केन्द्रित रहेको बताउनुभयो । आज उद्योग वाणिज्य महासंघको ५२ औं साधारण सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनितिक संक्रमणकाल सकिएर अव अव मुलुक समृद्धिको यात्रामा केन्द्रित भएको वताउनुभयो ।

नेपालको प्रमुख आर्थिक समस्या व्यापार घाटा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले व्यापार घाटा कसरी कम गर्ने भन्ने विषयमा सरकार काम गरिरहेको बताउनुभयो । भारतसँग गरिएका अन्तरदेशीय जलमार्ग, रेलमार्ग तथा कृषि सम्बन्धी सम्झौताहरु मुलुकको आर्थिक समृद्धिका लागि भएको प्रधानमन्त्रीको भनाइ थियो । अब छिट्टै नै मुलुक छिमेकीसँगको रेल सञ्जालमार्फत जोडिने हुँदा अव निर्यातका लागि पनि उद्योगीहरु लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

महासंघकी अध्यक्ष भवानी राणाले सरकारले प्रस्तुत गरेको स्वेतपत्रले देशको आर्थिक अवस्था कमजोर रहेको देखाइरहदा यहाँ लगानीको अवसर समेत प्रशस्त रहेको बताउनुभयो । वहाँले उर्जा विकास, पुराना ऐन कानूनको संसोधन तथा खारेजी,निर्यात प्रवर्धन एवं आयात प्रतिस्थापन लगायतका विषयमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

महासंघको ५२ औं वार्षिक साधारण सभा दुई दिनसम्म काठमाडौंमा चल्नेछ । सभामा भाग लिन देशभरिका उद्योगी व्यवसायी काठमाडौंमा भेला भएका छन् । साथै चैत २८ गते उद्योग वाणिज्य दिवस २०७४ पनि मनाइएको छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang