आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
आर्थिक
Apr 11, 2018
नेपालको आर्थिक वृद्धिदर बढाउन विकासमा विशेष ध्यान दिनुपर्ने एडीबीको सुझाव
बुधबार, चैत्र २८, २०७४
काठमाडौं: एशीयाली विकास बैंक एडीबीले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । एडीबीले सार्वजनिक गरेको एशियन आउटलुक २०१८ मा चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको हो ।

नेपाल सरकारले भने चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरेको छ । आउटलुक सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका नेपाल प्रतिनिधि मनहर खड्काले वर्षौं देखिको राजनीतिक अस्थिरता र संरचनागत कठिनाईले नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा कम हुने अवस्था आएको बताए ।

बैंकको प्रतिवेदनमा औद्योगिक वृद्धिदर गत वर्षको भन्दा १ दशमलव ५ प्रतिशतले कम हुने र कृषि, थोक तथा खुद्रा व्यापार विस्तार, वित्तीय मध्यस्थता, यात्रा तथा पर्यटन उपक्षेत्रका कारण सेवा क्षेत्रभने उत्साहजनक रहने पनि उल्लेख छ ।

एडीबीले नेपालको व्यापार घाटा झनै बढेर जाने अनुमान पनि गरेको छ । निर्यात व्यापार खस्कँदै गएका कारण नेपालले चालू आर्थिक वर्षमा झनै व्यापार घाटा व्यहोर्नुपर्ने अवस्था रहेको आउटलुकमा उल्लेख छ । राजस्व बढाउनका लागि नेपालले आधुनिक प्रविधिको विकासमा विशेष ध्यान दिनुपर्ने एडीबीको सुझाव छ ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang