बुधबार, ३ असोज, २०७५ (Wed, 19 September, 2018)
मनोरञ्जन
Apr 23, 2018
विवादपछि महेश मुखिया सुनुवार र सन्ध्या सुनुवारको ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ (भिडियोसहित)
सोमबार, बैशाख १०, २०७५
काठमाडौं : गायक महेश मुखिया सुनुवार र गायिका सन्ध्या सुनुवारको आवाजमा रहेको 'भिज्यो तिम्रो रातो पछ्यौरी’को म्यूजिक भिडियो हालै म्यूजिक नेपालको यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो गीतको म्यूजिक भिडियो यसअघि सङ्ग्स नेपालको यूट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो । जुन गीतलाई म्यूजिक नेपालले आफ्नो अधिनमा रहेको भन्दै कपिराईट लगाएको थियो । निकै लामो विवाद पछि यस गीतका सर्जक स्रष्टा र गायकबीचको सहमति पछि यो च्यानलबाट प्रशारण गर्ने सहमति बन्यो ।

करिव चार दशक अगाडि यो गीत वरिष्ठ लोक गायक तथा सञ्चारकर्मी स्व. पाण्डव सुनुवारका साथमा शिब बस्नेत र बासुदेब मुनालको पनि आवाजमा रहेको थियो । सुमधुर लोक गीत 'भिज्यो तिम्रो रातो पछ्यौरी’ लाई रि-रेकर्ड गराएर म्यूजिक भिडियो सार्वजानिक गरिएको छ । यो गीतको शब्द संकलन भने सन्तोष बस्नेतले गरेका हुन् ।

रि-रेकर्ड गरेर हालै बजारमा ल्याएको उक्त गीत गायक मुखिया र गायिका सुनुवारले युवा पुस्ता माझ पुराना लोक गीतलाई न्याय संगत तरिकाले प्रस्तुत गरेको देखिन्छ । सांगीतिक दुनियाँमा यो गीतले फेरी एक पटक वरिष्ठ लोक गायक पाण्डव सुनुवारलाई स्मरण गराएको अहिले संगीतकर्मीबीच चर्चा चलेको छ । सन्दीप कार्कीको रि एरेञ्जर, अशोक महर्जनको मिक्सिङ रहेको गीतमा टिपिकल लोक बाजाको प्रयोगले गीतलाई अझ सुन्दर बनाईदिएको छ ।

अमृत सुनुवारको छायांकन र निर्देशनमा बनेको म्यूजिक भिडियोमा नीराजन प्रधान, एलिसा राई र पदम राईको अभिनय हेर्न पाईन्छ । ब्रिस्मान सुनुवारको कोरियोग्राफी रहेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने एल.बि. मुखिया र सम्झना सुब्बाको निर्माण रहेको भिडियोलाई सुनुवार सेवा समाजले स्व. पाण्डव सुनुवारको स्मृतिमा समर्पित गरेको छ ।।

(भिडियोसहित) 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan