शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
आर्थिक
Apr 27, 2018
पाँच बैंकले नाफा बढाए
शुक्रबार, बैशाख १४, २०७५
काठमाडौं : वित्तीय विवरण सार्वजनिक गरेका पाँच वटा बाणिज्य बैंकहरुको नाफामा सुधार देखिएको छ । सेञ्चुरी कमर्सियल, लक्ष्मी, हिमालयन, नेपाल एसआबिई र प्राइम कमर्सियल बैंकको नाफा बढेको हो । चैतमै प्राइम कमर्सिय बैंक अर्बपति क्लवमा उक्लिएको छ भने गत वर्ष त्यति राम्रो प्रदर्शन गर्न नसकेको सेञ्चुरी कमर्सिलय बैंकले यस वर्ष सत प्रतिशतभन्दा माथिले नाफा बढाएको छ । पाकिस्तानी संयुक्त लगानीको हिमालयन बैंक र भारतीय संयुक्त लगानीको नेपाल एसबिआइ बैंकबीच पनि ब्यालेन्सिटमा टक्टर देखिन थालेको छ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआइ बैंकले चैतसम्मा एक अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्षको तुलनामा २४ प्रतिशतले नाफा बढाएको हो । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८९ करोड रुपैयाँ गरेको छ भने गत वर्षमा यस्तो आम्दानी २ अर्ब १९ करोड रुपैयाँ थियो । बैंकको गत बर्षको भन्दा यस बर्ष निक्षेप संकलन घटेको छ । चैतसम्ममा ८३ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब ५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । तर गत बर्षमा ८५ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरि ६१ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको नाफामा ब्याज आम्दानीले धेरै सपोर्ट गरेको देखिन्छ । बैंकको चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँबाट ८ अर्ब ४ करोड रुपैयाँ नाघेको छ भने जगेडा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ छ । बैंकको पूँजी कोष अनुपात १४.५१ प्रतिशत रहेको छ भने खराब कर्जा ०.१३ प्रतिशत पुगेको छ । बैंकको आधार ब्याजदर ८.२१ प्रतिशतबाट बढेर ९.८९ प्रतिशत पुगेको छ । प्रति शेयर आम्दानी २२ रुपैयाँ छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले चालु आर्थिक बर्षको चैतसम्मको अवधिमा ४१ प्रतिशतले नाफा बढाएर ८० करोड २६ लाख रुपैयाँ पु¥याएको छ । खुद ब्याज आम्दानी एक अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । चैतसम्मको निक्षेप संकलन ६३ अर्ब २६ करोड रुपैयाँ छ भने ऋण लगानी ५८ अर्ब ६९ करोड रुपैयाँ छ । चुक्ता पूँजी तीन अर्ब १५ करोड रुपैयाँबाट ८ अर्ब २२ करोड रुपैयाँ पु¥याएको छ । जगेडा कोषमा २ अर्ब १६ करोड रुपैयाँ छ । पूँजी कोष अनुपात ११.०४ प्रतिशतबाट १२.७९ प्रतिशत पुगेको छ । खराब कर्जा १.१६ प्रतिशत छ भने आधार व्याजदर १०.१७ प्रतिशतबाट बढेर ११.३५ प्रतिशत पुगेको छ । प्रति शेयर आम्दानी १३ रुपैयाँ छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले गत बर्षको तुलनामा एक सय दुई प्रतिशतले नाफा बढाएर ६३ करोड रुपैयाँ पु¥याएको छ । बैंककले चैतसम्ममा खुद ब्याज आम्दानी एक अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो चैतमा ३३ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यस बर्षको चैतसम्ममा ५२ अर्ब ७३ करोड रुपैयाँ पु¥याएको छ भने ऋण लगानी ५० अर्ब रुपैयाँ पु¥याएको छ । गत वर्षको ३ अर्ब ६८ करोड रुपैयाँको चुक्ता पूँजी यस वर्ष ८ अर्ब ६ करोड रुपैयाँ पु¥याउन सफल भएको छ । जगेडा कोषमा एक अर्ब २१ करोड रुपैयाँ जम्मा भएको छ । पूँजी बढाएसँगै पूँजी कोष अनुपात पनि १४.४९ प्रतिशतबाट बढेर १६.३६ प्रतिशत पुगेको छ । खराब कर्जा ०.७९ प्रतिशत छ । आधार व्याजदर १०.५५ प्रतिशतबाट १२.५१ प्रतिशत पुगेको छ । प्रति शेयर आम्दानी १० रुपैयाँ छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक ९ महिनाको अवधिमा अर्बपति क्लवमा उक्लिएको छ । बैंकले चैतसम्ममा एक अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । यो गत बर्षको तुलनामा ४२ प्रतिशतले बढि हो । बैंकले खुद ब्याज आम्दानी एक अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ । नौं महिनाको अवधिमा ७४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरि ६६ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी गरेको छ । चुक्ता पूँजी ५ अर्ब ७९ करोड रुपैयाँबाट ८ अर्ब ३ करोड रुपैयाँ पु¥याएको छ । जगेडा कोषमा २ अर्ब ६६ करोड रुपैयाँ जम्मा भएको छ । पूँजी कोष अनुपात पूँजी बढ्दा पनि १२.८२५ बाट १२.५१५ मा घटेको छ । खराब कर्जा १.०६ प्रतिशत छ । आधार ब्याजदर ७.८८ प्रतिशतबाट १२.८१ प्रतिशत पुगेको छ । प्रति शेयर आम्दानी २० रुपैयाँ छ ।

हिमालयन बैंक

हिमालयन बैंकले चैतसम्ममा गत बर्षको तुलनामा ४ प्रतिशतले नाफा बढाएर एक अर्ब ६१ करोड रुपैयाँ पु¥याएको छ । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । चैतसम्ममा ९६ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ४५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । चुक्ता पूँजी ८ अर्ब ११ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब २० करोड रुपैयाँ जम्मा भएको छ । पूँजी कोष अनुपात ११.७४ प्रतिशतबाट बढेर १२.४४ प्रतिशत पुगेको छ । खराब कर्जा १.१९ प्रतिशत पुगेको छ । आधार ब्याजदर ७.९३ प्रतिशतबाट बढेर ९.४२ प्रतिशत पुगेको छ । प्रति शेयर आम्दानी २५ रुपैयाँ छ ।
– विजय क्षेत्री

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang