बिहीवार, १० जेष्ठ, २०७५ (Thu, 24 May, 2018)
देश
Apr 27, 2018
संख्यामा अल्झियो एकता
शुक्रबार, बैशाख १४, २०७५
काठमाडौं : दुई ठुला राजनीतिक दल नेकपा एमाले र माओबादी केन्द्रको एकताको घोषणाको दिन अझै अनिश्चितता तर्फ धकेलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भन्दा अघि नै एकता घोषणा तयारी भएपनि त्यो घोषणालाई नेपाली कम्युनिष्ट पार्टी स्थापना दिवस अर्थात बैशाख ९ गतेका लागि तय भएको थियो ।

अहिले एकताका धेरै विषय टुंगिए पनि मुख्य मानिएको संगठनको संरचनामा कुन पार्टीबाट कति संख्या रहने भन्ने विषयमा गएर अल्झिएको हो । पार्टी कमिटीमा कसको कति संख्या रहने भन्ने विषयमा गएर एकता प्रक्रिया अल्झिएको छ । माओवादीले पार्टीका कमिटीहरुमा बराबरीको सम्मानजनक एकता खोजेको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा एकता सम्मानजनक हुने बताए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तामा भने उनी बराबरी दिन तयार देखिएनन । पार्टी एकताका लागि गठित सांगठनिक कार्यदलले २ सय ९९ सदस्य रहेको पार्टीको केन्द्रीय समिति राख्न प्रस्ताव अनुसार एकता संयोजन समितिको बैठकले पनि त्यसमा कसको कति संख्या रहने भन्ने विषयमा छलफल अघि बढाएको थियो ।

तर, कार्यदलले यी विषय टुंगो लगाउन नसकेपछि दुई अध्यक्षलाई टुंगो लगाउने जिम्मा दिएको थियो । अध्यक्षहरुको पटक पटकको बैठकले पनि अहिले सम्म खासै केही प्रगति गर्न सकेको छैन । गत बैशाख ९ मा बसेको माओवादी केन्द्रको बैठकमा प्रचण्डले कसको कति संख्यामा सदस्य राख्ने भन्ने विषयमा कुरा नमिलेकोे बताएका थिए ।

७ बैशाखमा बसेको दुई अध्यक्षको बैठकले सम्मानजनक एकताको सहमति गरे पनि ८ गतेको बैठकले अन्तिम रूप दिन नसकेको माओवादीका एक केन्द्रीय कार्यालय सदस्यका बताएका छन । अध्यक्षले बैठकमा भने अनुसार ७ गतेको दुई जनाको बैठकमा केन्द्रीय समिति चार सयदेखि ४ सय १० सम्मको बनाउने र त्यहाँ माओवादीका २ सय र एमालेका २ सय रहने सहमति भएको थियो । तर, पछिल्लो समय यो विषयबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली हटेपछि एकता प्रक्रिया अझै अल्झिएको ती नेताले बताए ।

८ गते बसेको बैठकमा ओलीले पार्टीबाट व्यापक दबाब आएको भनेर २ सय ९९ नै कायम गरेर अघि बढ्नुपर्ने प्रस्ताव राखेपछि बराबरीको हैसियतमा एकता नभएमा सहभागी हुन माओवादीलाई निकै मुस्किल गर्ने ती नेता बताए । संर्घष गरेका नेता धेरै हुँदा ९९ मा अटाउन गाह्रो हुने र माओवादीका नेताहरुमा अब घटुवा भएर बस्ने अवस्था नरहेको ती केन्द्रीय कार्यालय सदस्य बताए । यता ओलीले पार्टी एकताका विषयमा देखिएका विवाद समाधानका लागि समय लागेकोे र अब पार्टी एकता निकट भविष्यमै हुने बताएका छन ।
– विजय क्षेत्री
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale