शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
देश
Apr 27, 2018
दोरम्बा गाउँपालिका बालमैत्री अभियान
शुक्रबार, बैशाख १४, २०७५
रामेछाप : रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाले आयोजना गरेको बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धी एक दिने वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम गाउँपालिकामा भने गत माघमा नै सम्पन्न भइसकेको र त्यसैको निरन्तरतालाई पूर्णता दिँदै निकट भविष्यमा दोरम्बा गाउँपालिकालाई २०७६ वैशाख सम्म बालमैत्री अभियान अन्तर्गत बालमैत्री स्थानीय शासन घोषणा गर्न गाउँपालिका लागिरहेको भन्दै कार्यक्रम योजना तथा कार्यक्रम सञ्चालन गर्न सहयोग गरिरहेकी सहायक महिला विकास निरीक्षक सरिता बुढाथोकीले सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन् ।

कार्यक्रमका सहजीकरण बालमैत्री स्थानीय शासन राष्ट्रिय तालिम सहजकर्ता विष्णु प्रसाद (चौवे) चर्तुुरवेदीले कार्यक्रमलाई सहजीकरण गरेका थिए । त्यसैगरी दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ (मोक्तान)ले बाल क्लब तथा बाल सञ्जाललाई नेतृत्व तथा क्षमता विकास गराउने उद्देश्य र बालमैत्री स्थानीय शासन सम्बन्धी सूचक सरलीकरण तथा आचारसंहिता निर्माण सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सम्पन्न गरि सकिएको र कार्यक्रमलाई गाउँपालिकाबाट वडास्तरसम्म कार्यक्रम सम्पन्न गराउन सहयोग पु¥याउनु हुने सबै उपस्थित स्थानीय बालबालिका, अभिभावक, कार्यक्रममा सहभागी, निजामती कर्मचारी, गाउँपालिका वडास्तरीय जनप्रतिनिधि सबैलाई धन्यवाद दिँदै आउँदो २०७६ वैशाखसम्म दोरम्बा गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने उद्देश्य लिएको बताए । स्थानीय जनप्रतिनिधि चयन भएपछि स्थानीय विकासमा रचनात्मक र दीर्घकालीन रुपमा समाजलाई सुसूचित गर्न भूमिका निर्वाह गरेको दोरम्बा गाउँपालिकाले छोटो समयमा सकारात्मक सन्देश दिएको छ ।
– योहान तामाङ

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang