सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
समाचार
Apr 27, 2018
डेढ लाख बढी नेपाली औलोको उच्च जोखिममा
शुक्रबार, बैशाख १४, २०७५
काठमाडौं : आज विश्व औलो दिवस । औलो दिवसको अवसरमा नेपाल सरकारले पनि विभिन्न कार्यक्रम गरि औलो दिवस मनाएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा अझै पनि १ लाख ६९ हजार ७ सय ४७ नागरिक औलोको उच्च जोखिममा रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १३ लाख ५७ हजार ७ सय २३ नेपाली नागरिक औलोको मध्ययम जोखिममा छन् । सरकारले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त बनाउने लक्ष्य लिएको छ । महाशाखाका अनुसार सबैभन्दा बढि औँलोको जोखिम ७ नम्बर प्रदेश छ । यस्तै कम जोखिम प्रदेश ४ छ ।

इपिडिमियोलोजी महाशाखाका डाक्टर विवेक लालका अनुसार १ नम्बर प्रदेशमा ४६, दुई नम्बरमा १४६, ३ नम्बरमा ४५,४ नम्बरमा २०, पाँच नम्बरमा २ सय ८७ , ६ नम्बरमा ७५ र ७ नम्बर प्रदेशमा ५०६ जना औलो रोगीहरु रहेका छन् । विज्ञहरुका अनुसार लक्ष्य पुरा गर्न सन् २०१८ सम्ममा रोगीको संख्या हालको भन्दा ९० प्रतिशतले घटाउनु पर्ने हुन्छ भने औँलो संक्रमण भएका स्थानीय निकायको संख्या ७० प्रतिशतमा पुर्याउनुपर्ने हुन्छ ।

हाल वडागत आधारमा हेर्ने हो भने उच्च जोखिममा ५४ वटा वडाहरु रहेका छन् । यस्तै मध्यम जोखिममा ३ सय ७० वटा वडा छन् । औलोरोग एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । यो रोगको नेपाल सरकारबाट निशुल्क उपचार हुन्छ तर बिरामीहरुको संख्यामा भने कम आएको देखिदैन् ।

विश्व स्वास्थ्य संगठनको सनु २०१६ को एक अध्ययन अनुसार संसारभरमा २ करोड १२ लाख मलेरिया संक्रमित छन् । जसमध्ये ४ लाख २९ हजारको औलोबाटै ज्यान गएको छ ।
- योहान तामाङ  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale