बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Apr 27, 2018
शान्ति सुरक्षामा ललितपुरलाई नमुना जिल्ला बनाउने
शुक्रबार, बैशाख १४, २०७५
ललितपुर : सामुदायीक प्रहरी सेवा केन्द्र सानेपाको आयोजनामा नव वर्षको शुभकामान तथा शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ ।

महानगरीय प्रहरी प्रभाग सानेपाका प्रमुख प्रहरी निरिक्षक रुपा लाबुङको प्रमुख आतिथ्यमा झम्सीखेलको सरस्वती मन्दिर प्रंगणमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि महनगरीय प्रहरी प्रभाग पुल्चोकका प्रहरी निरिक्षक चेतना पोखरेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरिक्षक रुपा लाबुङले स्थानीय व्यक्तिहरुको गुनासो सम्बोधन गर्दै रातको समयमा भन्दा दिनमा चोरी बढेकाले सबैलाई सचेत रहन साथै कहि कतै समस्या आएमा तत्काल प्रहरीलाइ खबर गर्न समेत आग्रह गरेकी थिईन । कोही कसैबाट अरुलाई बाधा अबरोध हुने काम भए गरेमा त्यसको समाधान र आवश्यक करबाहीका लागि आफु सधै लागिपर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकी थिईन ।

साथै कार्यक्रमको बिशेष अतिथि प्रहरी निरिक्षक चेतना पोखरेलले स्थानीयको शान्ति सुरक्षमा आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरिन । कार्यक्रमका सभाध्यक्ष तथा समितिका अध्यक्ष दान थापामगरले उपस्थित सबैलाई नयाँ बर्षको शुभकामनाका साथै धन्यवाद व्यक्त गर्दै शान्ति सुरक्षा सम्बन्धि सामाजिक जनगुनासा तथा समस्याहरु हरेक हप्ता वा महिना सामुदायिक प्रहरी मार्फत स्थानीय स्तरमा नै गई संकलन गरी प्रहरी प्रशासनको उपस्थितिमा छलफल गरी समस्या समाधानका उपायहरु निकली ललितपुरलाई शान्ति सुरक्षामा नमुना जिल्ला बनाउन पहल गर्ने उद्घोष गरे ।

त्यस्तै फोहार ब्यवस्थापनको लागि कार्यरत संस्था नेप्सेम्याक प्रा.लि.का निर्देशक टिका दाहालले फोहोरमैला संकलनमा आउने आप्mनो कम्पनिका कर्मचारीहरुमाथि कसैलाई शंका भएमा निजहरुको परिचयपत्र हेरेर यकिन गर्नुहुन सबैमा आग्रह गरेका थिए । कार्यक्रममा बक्ताहरुले सडकको अब्यबस्थित पार्किङले आवत जावतमा समस्या भएको भन्दै जनताको घर जग्गा भत्काएर बनाएको ठुलो कालोपत्रे सडक पार्किङको लागि बनाएको हो त भन्ने प्रश्न समेत गरेका थिए । यसका साथै चोरीको घट्नालाई समेत नियन्त्रण गर्न र बिभिन्न होटल, पार्टी प्यालेस तथा रेष्टुरेन्टहरुले ध्वनि प्रदुषण बढाएको र त्यस्ता प्रदुषणहरु नियन्त्रण गर्न पर्ने गुनासो समेत राखेका थिए ।
-हयुल छिरिङ तामाङ
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang