शुक्रबार, ३० कार्तिक, २०७५ (Fri, 16 November, 2018)
खेलकूद
Apr 27, 2018
स्क्वासकी अब्बल हस्ताक्षर भावना
शुक्रबार, बैशाख १४, २०७५
२०३९ साल जेठ २९ गते पिता दल बहादुर सुनुवार र माता स्व. खड्कमाया सुनुवारको कोखबाट रामेछाप जिल्लामा जन्मिएकी भावना सुनुवार अहिले स्क्वास खेल मार्फत आप्mनो अब्बलता प्रदर्शन गरिरहेकी छिन ।

हाल ललितपुर जिल्लाको सातदोबाटोमा अस्थायी बसोबास गरिरहेकी भावना यस खेलमा २०५६ सालदेखि निरन्तर रुपमा लागि परिरहेकी छिन । जन्मोत्सव प्रतियोगिता २०५६ मा द्वितीय, २०५७ र २०५८ मा प्रथम स्थान, राजकुमारी ताज जन्मोत्सव प्रतियोगिता एच.आर.एच. २०६० मा प्रथम स्थान, एच.एम. जन्मोत्सव प्रतियोगिता २०६१ मा प्रथम स्थान, तेस्रो हिउँ लाईन गलैचा प्रतियोगिता २०६० मा प्रथम स्थान, पाँचौ राष्ट्रिय खेल प्रतियोगिता २०५६ मा प्रथम स्थान, दशौं एशिया खेल कोलम्बो २०६२ मा तृतीय स्थान, एनआईपिए २०६६ मा उत्कृष्ट खेलाडी, छैटौ राष्ट्रिय खेल २०६८ मा प्रथम स्थान, विश्व स्क्वास डे २०६७ मा प्रथम स्थान, तृतीय सिभिल बैंक स्क्वास च्याम्पियनसीप २०७२ मा प्रथम स्थान, भरत किशोर सिं ओलम्पिक डे २०७३ मा प्रथम स्थान, धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वस प्रतियोगिता २०७३ मा प्रथम र बाह्रौं दक्षिण एशियन खेल २०७३ गुहाटी भारतमा तेस्रो स्थान प्राप्त गरेकी भावनाले स्क्वास खेलमा आप्mनो दरिलो उपस्थिति जनाउदै आप्mनो जन्मस्थान र राष्ट्रको नै गौरवको हस्ताक्षर बन्दै गईरहेकी छिन ।

२०६४ सालमा प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईराला र २०७३ सालमा प्रधानमन्त्री केपीशर्मा ओलीको हातबाट सम्मानित हुन सफल भावनाले २०७३ सालमै ज्यापु समाज, सुनुवार सेवा समाज, सिएसएफएन लगायतका संघसंस्थाबाट सम्मनित भईसकेकी छिन । यसरी नै निरन्तर रुपबाट खेल जगतमा आप्mनो अधिपत्य जमाउदै सफलताको निरन्तरताको लागि अखबार नेपाल डटकम परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan