शुक्रबार, ३० कार्तिक, २०७५ (Fri, 16 November, 2018)
खेलकूद
Apr 27, 2018
बक्सिङ खेलाडी राम अवालेको जीवनी
शुक्रबार, बैशाख १४, २०७५
राम अवाले नेपाली खेलकुद क्षेत्रका चर्चित अनुहार हुन् । उनी पहिलाका बक्सिङ खेलाडी र अहिले नेपाल बक्सिङ संघका अध्यक्ष समेत हुन् । ललिता अवाले उनकी अर्धाङ्गिनी हुन् जो हरेक पाईलामा रामलाई सघाउँछिन् । उनीहरुको दाम्पात्य जीवनको यात्रा २५ बर्ष पुगेको छ । “अहिले उमेर ढल्किदै छ, यौवनका ती दिनहरू सम्झना आउँछन्, पुराना दिन सम्झन्छौँ अनि फेरि रोमान्टीक बनिहाल्छौं ।” अवाले दम्पत्ति आप्mनो जीवन बारे बताउँछन् ।

अवाले दम्पत्तिले मागी बिहे गरेका हुन् बिहेका लागि परिवारमा चार भन्दा बढी ठाउँमा दुलहीका लागि कुरा चल्यो तर अवालेको कतै कोही मन परेन । ललितालाई भने पहिलो भेटमा नै मन पराएको अवाले बताउँछन् । उनीहरुबीच विवाहको कुरा ललिताका भिनाजुले चलाएका हुन् । “त्यसपछि सानो भेटघाट पनि भयो र लगत्तै बिहेको कुरा छिनियो, बिहेपछि त रमाईलो सहयात्रा सुरु भयो” ललिता बताउँछिन् । अवाले दम्पतीको यो २५ बर्षको सहयात्रा पनि कम्ता रोचक छैन । हाल रामको २५ जनाको परिवार एकै घरमा मिलेर बस्छन् । उनका जेठा दाई अमेरिका बस्ने हुँदा माईला छोरा र बुहारी राम र ललितालाई परिवारको सबै बन्दोवस्त मिलाउने जिम्मेवारी छ । त्यो जिम्वेवारीको वन्दोबस्त पनि यति मन लोभ्याउने प्रकारको छ कि जो कोही अवालेको घरमा पुग्दा पत्याउनै गाह्रो हुन्छ ।

अवाले खेल क्षेत्रमा लागेका कारण प्राय घर बाहिर व्यस्त रहन्छन् भने ललिता घरकै काममा व्यस्त हुन्छिन । उनीहरु पारिवारिक समस्या र अभाव तथा तनावका विषयमा साँझमा अथवा राती छलफल गर्छन् । सानोतिनो ठाकठुक बाहेक राम कहिलै लिलिता र ललिता कहिलै रामसँग रिसाईनन् । उनीहरु दुबैको स्वभाव रामाईलो छ । उनीहरुका एक छोरी र एक छोराका छन् । छोरा नेपालमै भएपनि छोरी अध्ययनका लागि विदेशमा छन् । त्यसैले प्राय पारिवारिक यादले सताउँछ । तरपनि कहिलै अवाले दम्पत्ती निराश बनेनन् । सानोतिनो समस्या मिलेरै हल गर्छन् ।

रामको पैसा धेरै बचत गर्ने बानी छैन उनले दिन दुखी र कमजोर मान्छेहरुलाई आफूसँग भएको कुरा दिईहाल्ने उनको बानी छ । उनी कहिलेकाही घर फर्कदा लाखौँ रुपैयाँ दान दिएर पनि फर्कन्छन् । त्यस बिषयमा भने ललिता केही असन्तुष्ट छिन पारिवारिक सल्लाह बेगर अरुलाई जे भन्यो त्यही सहयोग गर्दा श्रीमान ठगिन सक्ने भन्दै डराउँछिन् ललिता । ललिता र राम दुबै हाँस्दै सुनाउँछन् “हाम्रो प्रेम अहिलेका युवा–युवतीको जस्तो कुनै पार्क वा साइबर क्याफेमा सीमित भएन । सामान्य देखादेखपछि भएको भेटले विवाह र प्रेमको रुप मात्र लिएन यसले जिम्मेवार पनि बनायो कि हामीलाई हाम्रो मात्र हैन हाम्रो दाजुभाइ र उनीहरुको सन्तती प्रति पनि हाम्रो काँधमा जिम्मेवार बनायो ।”


बक्सिङमा सक्रिय अवाले

राम अवाले राष्ट्रिय बक्सिङ संघको अध्यक्ष हुन् । उनको कार्यकालमा नेपाली बक्सिङले धेरै सफलता हात पारेको छ । ५४ बर्षीय राम अवालेको बक्सिङ करियर २०४० सालदेखि सुरु भएको हो । तत्कालीन समयका बक्सिङ खेलाडी अवालेको अहिले परिचय फेरिएको छ । उनी अहिले बक्सिङको नेतृत्वमा छन् । उनको नेतृत्व शैली फरक र चाख लाग्दो छ । उनी हर हमेसा देशको बक्सिङको स्तर वृद्धि गर्ने, प्रतियोगी र प्रतियोगीतालाई स्तरीय बनाउने, खेलाडीहरुलाई सर्वाधिक सफल बनाउने, नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यमा छन् । उनको नेतृत्व शैलीको खेलाडीहरुले पनि प्रशंसा गर्छन् । चर्चित बक्सिङ खेलाडी मोहमद अलिको खेलबाट प्रभावित राम अवालेले सामान्य प्रशिक्षण लगत्तै २०४० सालबाट बक्सिङ खेल्न थाले । पहिलो महत्वपुर्ण खेलमा धरानका चर्चित बक्सर पुर्ण बोखिमलाई उनकै गृहनगरमा टक्कर दिएपछि अवालेको राम्रो बक्सरको रुपमा चर्चा हुन थाल्यो । उनी खेलाडी भएको ३५ बर्ष बित्यो । अहिले देश तथा विदेशमा अवालेले बक्सिङ खेलेको सम्झना मात्र छ, तर त्यो भन्दा ठुलो जिम्मेवारी उनको काँधमा छ ।

आफु बक्सिङ खेलाडी हुँदा नपाएका अवसरहरु पनि अहिलेका खेलाडीलाई उपलव्ध गराउन अवाले निरन्तर लागि परेका छन् । खेलाडी विदेश पठाउनदेखि लिएर स्देशमै हुने बिभिन्न प्रतियोगीतामा लाखौं रुपैयाँ खर्चन अवाले पछि पर्दैनन् । परिवार, तथा सम्बन्धित सबैको सहयोगमा आफूलाई बक्सिङ संघमा काम गर्न धेरै सजिलो भएको अवालेको अनुभव छ । राम अवालेका भाइ श्याम अवाले पनि बक्सिङ संघको सदस्य हुन । उनी संघमा रहेर विदेश बिभाग सम्हाल्छन । राम र श्याम अवालेलालाई उनीहरुको सिंगो परिवारले नै बक्सिङ संघमा काम गर्न सहयोग गर्छन । राम र श्याम दुबैले आफ्नो कार्यकालमा बक्सिङलाई नयाँ उचाई दिने योजना बनाएका छन । बक्सिङ नेपालमा लामो समयपछि फेरि चर्चामा छ । यसको श्रेय अवाले दाजुभाइलाई जान्छ ।

नेपालको बक्सिङ विकासमा लागेका आवाले दाजुभाई खेलाडी र प्रशिक्षकको प्रोत्साहनमा खर्चदेखि देश तथा बिदेशमा हुने बिभिन्न प्रतियोगीता तथा कार्यक्रममा खेलाडी पठाउन र ल्याउन मोटो रकम खर्चिन पनि पछि पर्दैनन । अध्यक्ष राम अवाले र सदस्य स्याम अवालेले व्यक्तिगत खर्चमा आउने जाने प्लेनको टिकेट र केही खेल सामाग्री प्रदान गरेपछि फस्ट ईन्डिया ओपन ईन्टरनेशनल बक्सिङ च्याम्पियनसिपमा सहभागी १२ खेलाडी मध्धे २ खेलाडीले पदक जिते । ४५ केजी तौल समुहमा विमला श्रेष्ठ र ६४ केजीमा पुनम रावलले नेपाललाई बक्सिङमा १० बर्ष पछि कुनैपनि ठुलो प्रतियोगीतामा पदक दिलाए । उनीहरुको स्वागत स्वर्ण जिते जत्तिकै झल्को दिनेगरि भयो । खेलाडीको स्वागतमा बक्सिङ संघ अध्यक्ष राम अवाले र भाई श्याम अवालेले देखाएको सक्रियता लोभै लाग्दो थियो । यो घटनाले पनि अवाले दाजुभाईको बक्सिङ क्रेज छर्लङ्ग बनायो ।

मान्छेलाई सफल बन्न आफ्नो परिवारको सहयोग अपरिहार्य हुन्छ । एकै घरमा अवालेका ५ दाजुभाई सहित सबै परिवार अटाएका छन् । अवाले परिवारको पारिवारि माहौल पनि बडो गज्जबको छ । अवालेका ५ दाजुभाई मध्धे ३ जना खेलकुदको विकासमा लागेका छन् । राम अवाले र श्याम अवाले, बक्सिङमा क्रियासिल रहँदा र अर्का भाई कृष्ण अवाले थ्रिस्टार क्लवको बिकासमा सक्रिय छन् । उनीहरुलाई तीनै जनालाई खेल क्षेत्रको विकासमा लाग्न दाई, भाईराजा अवाले र कान्छा भाई केदार अवालेको सहयोग अपरिहार्य छ । यस्तै अवालेले बेलाबेला बक्सिङको विकास र प्रवद्र्धनका लागि फ्रन्ट रेजिङ कार्यक्रम सञ्चालन गर्छन् । उक्त कार्यक्रममा उनका बहिनी ज्वाई लगायतका आफन्तहरुले पनि आशश्यक सहयोग गर्ने गरेका छन् । पारिवारिक मेलमिलापका कारण पनि उनीहरुलाई प्रगितिको बाटो सहज भएको हो ।

अवाले नेपाल बक्सिङ संघका नेतृत्वमा आएको लगभग २० महिना भएको छ । यो बीचमा अवालेले कम्तीमा पनि बक्सिङलाई दक्षिण एसियाको नम्वर एक बनाउने गरि सक्रियता जनाएका छ्न् । सम्बन्धित पक्षको आवश्यक सहयोगको अभावमा भने जस्तो त भएको छैन तर अवालेको कार्यकालमा उल्लेखनीय सुधार चाहि भएका छन् । अवाले यसको श्रेय सबैलाई दिन्छन् । नेपाल आर्थिक र सामाजिक हिसावमा बिस्तारै प्रगतिको बाटोमा लम्किरहेको मुलुक हो । यहाँ सामाजिक रुपमा धेरै मानिसको चेतनास्तरको बिकास हुन सकेको छैन भने आर्थिक सहयोग र साहयताका लागि पनि प्राय नागरिक निकै पछि छन् । यस्तो अवस्थामा सबै नागरिकका लागि अवाले परिवार प्रेरणाको स्रोत हो । सम्भावना बोकेकाहरुको साहयता, पारिपारिक मेलमिलाप, व्यापार व्यवसायसँगै देशको सिर उच्च राख्ने काममा देखाईने सक्रिय यो सबै कुराको लागि राम अवालेसँगै उनको सिंगो परिवार उदाहरण हो ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan