देश
May 06, 2018
भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीले जनकपुरमा स्वागत गर्ने
आईतवार, बैशाख २३, २०७५
काठमाडौं : २८ गते दुई दिने नेपाल भ्रमण शुरु गर्ने भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा स्वागत गर्ने हुनु भएको छ ।
विहारको पटनाबाट हेलिकप्टरमा २८ गते बिहान नौ बजे जनकपुर आउने मोदीलाई जनकपुरमा प्रधानमन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
जानकी मन्दिरमा दुबै प्रधानमन्त्रीले पूजा अर्चना गरिसकेपछि ओली काठमाडौं फर्कनुहुनेछ भने भारतीय प्रधानमन्त्री मोदी बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम छ ।
मोदीले स्थानीय जनसमुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको मन्त्रालयले जानकारी दिएको छ । सोही दिन मोदीलाई काठमाडौंको टुँडिखेलमा गार्ड अफ अनर दिइनेछ भने दुई प्रधानमन्त्रीबीच भेटवार्ता समेत हुनेछ । भेटपछि मोदी पोखरामा बास बस्न जाने कार्यक्रम छ ।
भ्रमणको दास्रो दिन बिहान मुक्तिनाथको दर्शनपछि मोदी पुन: काठमाडौं आउने र राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ ।
दुई दिने भ्रमणकै क्रममा मोदीलाई काठमाडौं महानगरपालिकाले समेत राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखेको छ । साथै ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको पनि रिमोट बटममार्फत काठ्माण्डौबाट संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।
मोदी आउने दिन बैशाख २८ गते प्रदेश नं. २ को प्रादेशिक सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । २९ गते मुक्तिनाथ पुग्ने मोदीको कार्यक्रमलाई मध्यनजर गर्दै बैशाख २७ गतेदेखि तीन दिन अन्नपूर्ण पदमार्ग पनि बन्द गरिने भएको छ ।
- बालकृष्ण कर्मचार्य

प्रतिक्रियाहरु
अरु समाचारहरु
संक्षिप्त समाचार
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
Correspondent
Laxmi Kishori Parajuli
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, Pawan Kumar Tamang
Rohini Chhetri, Pawan Kumar Tamang