बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
खेलकूद
May 06, 2018
लामो विवाद अन्त्य गर्दै अखिल नेपाल फूटबल संघ एन्फामा नयाँ नेतृत्व
आईतवार, बैशाख २३, २०७५
काठमाडौं : लामो समयको विवाद र अन्यौलपछि अखिल नेपाल फुटबल संघ एन्फाले १६ औं साधारणसभा सम्पन्न गर्दै आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालिन अध्यक्ष नरेन्द्रलाल श्रेष्ठको पदावधि गत वर्ष कार्तिकमा सक्किए लगतै हुनुपर्ने साधारण सभा त्यसको करिब सात महिनापछि बल्ल सम्पन्न भएको छ ।

वरिष्ठ उपाध्यक्ष रहेका मणि कुँवरले विधानसम्मत नभएको भन्दै चुनावमा भाग नलिएपछि एक दिन अघि नै अध्यक्ष पदमा चुनिन पक्का पक्कि गरिसेकेका कर्माछिरिङले कार्यसमितिको निर्वाचनमा सफलता हासिल गरि नेतृत्व सम्हालेका छन् ।

नवनिर्वाचित अध्यक्ष शेर्पाको अघि सबैभन्दा ठूलो चुनौति असन्तुष्ट पक्षलाई मिलाएर नेपाली फुटबललाई सङ्लो बनाउने रहेको छ । यसका साथै आर्थिक, प्रशासनिक, नियमावली र विभिन्न समितिहरुको कार्यविधि बनाएर स्पष्ट रोडम्याप बनाउनु उनको अर्को कार्यभार हो ।

बिभिन्न गुट उपगुटमा बिभाजित एन्फालाई मिलाएर नेतृत्व प्रदान गर्नु उनको अर्को चुनौति हो । नेपाली फुटबलको विकास र खेलाडी उत्पादनको आधारका रुपमा रहेको लिग रोक्किएको करिब चार वर्ष पुरा भएको छ । लिगलाई चाँडो भन्दा चाँडो सूरु गर्नुपर्नेछ । लिग रोकिक्नुले घरेलु फुटबलको संरचना त बिग्रिएको छ नै ब्यवसायीक रुपमा फुटबलमा समर्पित खेलाडीहरु बेरोजगारीको चपेटामा पर्दै गएका छन् ।

लामो समयदेखि खेलाडी उत्पादनमा अपेक्षित बिकास हुन नसकेको नेपाली फुटबलमा आधारभुत तहमा फुटबलका गतिबिधि संचालन हुन सकेको छैन । लामो समयदेखि लिग हुन नसक्नुले देसभित्र रहेका क्लबहरु एन्फाको शैलीबाट रुष्ट छन् । सँगसँगै आर्थिक रुपमा पनि बलियो बनाउन एन्फाले क्लबहरुलाई दिनुपर्नै र गर्नसक्ने सहयोगको स्पष्ट निति बनाएर क्लबहरुको स्तरोन्ततीमा सहयोग गर्नुपर्नेछ ।

त्यससँगै फिफा र एएफसिले २ हजार १८ भित्र सम्पूर्ण क्लबहरुलाई क्लब लाईसेन्सिङको प्रक्रियाभित्र ल्याउने बताएको छ । मुलुकभित्रका अधिकांश क्लबहरु आर्थिक, पूर्वाधार र कानुनी रुपमा पनि कमजोर भएकोले एन्फा सामु क्लबहरुसँग समन्वय गरी लाईसेन्सिङ प्रक्रियाभित्र ल्याउन सक्नुलाई ठूलो चुनौति ठानिएको छ । लाईसेनिङको प्रक्रिया पुरा नगरे अर्को वर्षबाट नेपाली फुटबल क्लबहरुले एएफसिको कुनै पनि आधिकारिक प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने छैनन् ।

समग्रमा कर्माछिरिङ शेर्पाको नयाँ नेतृत्वले आगामी चारवर्ष भित्र नेपाली फुबटलको लिग संरचना, एन्फाभित्रको विद्यमान बेथितिका अनेक रुपहरुलाई हटाएर आर्थिक र प्रशासनिक रुपमालाई चुस्त पार्न नसके नेपाली फुबटलको दशा फेरी पनि हाती आयो हाती फुस्सा नै हुनेछ ।

- बालकृष्ण कर्मचार्य


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang