बिहीवार, १० जेष्ठ, २०७५ (Thu, 24 May, 2018)
समाचार
May 06, 2018
यातायात व्‍यवसायीलाई सरकारको शर्त: कम्पनीमा जाने कबुल गरे थुनामुक्त
आईतवार, बैशाख २३, २०७५
काठमाडौं : सरकारले सिण्डिकेटको पक्षमा लागेर पक्राउ परेका करिब ९३ जना व्यवसायीलाई रिहा हुनका लागि चार बुँदे शर्त अघि सारेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले आइतार देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई कडा निर्देशन दिँदै चार बुँदे कागजमा सही गर्न तयार व्यवसायीलाई मात्रै रिहा गर्न भनेका हुन् ।

गृहमन्त्री थापाले प्रजिअलाई दिएको निर्देशन अनुसार सिन्डिकेट नमान्नेसहितका चारवटा बुँदासहितको कागजमा सही नगर्ने व्यवसायीमाथि प्रशासनले मुद्दा अघि बढाउने भएको छ । हिरासतमा रहेका यातायात व्यवसायीले सरकारलाई सहयोग गर्ने कागज गरे मात्र छुट्ने भएका छन् । त्यस्तो कागज नगरे उनीहरुलाई मुद्धा चलाउने तयारी भइरहेको छ ।

पक्राउ परेका यातायात व्यवसायी महासंघका अध्यक्षसहितलाई ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने कागज गराउन गृहमन्त्री रामबहादुर थापाले ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् ।

सिन्डिकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात व्यवसायीले शुक्रबार सार्वजनिक बस चलाएका थिएनन् । सरकारले पक्राउ परेका व्यवसायीविरुद्ध मुद्दा चलाए उनीहरूले १ वर्षसम्म कैद र १ हजार रुपैँया जरिवाना तिर्नुपर्नेछ ।।

 - गोकर्ण लय मगर
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale