शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
देश
May 06, 2018
७९ एसपीको एकैपटक भयो सरुवा
आईतवार, बैशाख २३, २०७५
काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले एकै पटक ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । आइतबार नेपाल प्रहरीका ७९ एसपी सरुवा भएका हुन् ।

महानिरिक्षक सर्वैन्द्र खनालले प्रहरीको सरुवा, बढुवालाई प्राथमिकता राखेर काम गरिरहेका छन् । केही दिनअगाडि मात्र चार जिल्लामा प्रहरी प्रमुखको सरुवा गरेको थियो ।

जस अनुसार कास्कीका प्रहरी प्रमुख अशोक सिंह महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा ल्याइएका छन् । कैलालीका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी प्रहरी प्रधान कार्यालयको युएन जगेडा शाखामा सरुवा भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा रहेका दानबहादुर कार्की प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षको सचिवालयमा सरुवा भएका छन् । पर्साका प्रहरी प्रमुख डा. गणेश रेग्मी महानगरीय प्रहरी पहरा गण सामाखुशी सरुवा भएका छन् । त्यहाँ ट्राफिक प्रहरी महाशाखाका एसपी रेवती ढकाललाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिल्लीराज विष्ट सरुवा भएका छन् । मकवानपुरका प्रहरी प्रमुख विकासराज खनाल सुन तस्करीमा संलग्नताको अभियोगमा निलम्बित छन् । उनलाई प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासी सरुवा गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहेका जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएका छन् ।।

  - गोकर्ण लय मगर
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang