शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
May 06, 2018
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा ४ तहको सुरक्षा व्यवस्था
आईतवार, बैशाख २३, २०७५
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि सुरक्षा तयारी तीव्र बनाइएको छ । सुरक्षा व्यवस्था चुस्त बनाउन भारतीय सुरक्षा अधिकारी र नेपाली सुरक्षा अधिकारीहरु नियमित छलफल गरिरहेका छन् ।

आगामी शुक्रबार बिहान जनकपुरबाट नेपाल भ्रमणको औपचारिक सुरुवात गर्ने तयारीमा रहेका मोदीका लागि ४ तहको सुरक्षा घेराको योजना बनेको छ । प्रधानमन्त्री मोदीको सुरक्षाको पहिलो घेरामा भारतबाट आउने उनका आफ्नै कमान्डो टोली र पिएसओ खटिनेछन् ।

कमान्डोपछि नेपाली सेना र नेपाल प्रहरीको ‘कोर प्रोटेक्सन युनिट’ खटिनेछ । जसमा अति विशिष्ट व्यक्तिहरुको सुरक्षामा दक्ष सैनिक तथा प्रहरी अधिकारीहरु हुनेछन् । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरा रहनेछन् । सर्वसाधरण रहने बाहिरी घेराको सुरक्षामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी संयुक्त रुपमा खटाउन लागिएको छ ।

नेपाल भ्रमणको औपचारिक सुरुवात जनकपुरबाट गर्न लागेका मोदीले जानकी मन्दिरमा करिब ३० मिनेट विशेष पूजा गर्ने कार्यक्रम रहेको जनाइएको । पूजापछि मोदीले २ नम्बर प्रदेशका अधिकारीका साथै मन्दिरका पुजारीसँग कुराकानी गर्नेछन् ।

जानकी मन्दिरको दर्शन, पूजापछि मोदीले जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा जनकपुरधाम उपमहानगरपालिकाले दिने नागरिक अभिनन्दन ग्रहण गर्नेछन् । मन्दिरबाट बाह्रबिघासम्म जानका लागि भारतबाटै गाडी व्यवस्था भइसकेको छ । अभिनन्दन कार्यक्रममा उनले सम्बोधन गर्ने र जनकपुरका लागि सहयोगको घोषणा गर्ने तयारी रहेको स्रोत बताएको छ ।।

- गोकर्ण लय मगर
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang