शनिबार, ३ कार्तिक, २०७५ (Sat, 20 October, 2018)
देश
May 11, 2018
स्वास्थ्यकर्मी युनियनको १३ बुँदे घोषणापत्र जारी
शुक्रबार, बैशाख २८, २०७५
काठमाडौं : नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

यही वैशाख १७ र १८ गते बसेको बैठकले दुर्गम एवं विकट जिल्ला र अन्य स्थानमा रिक्त दरबन्दीमा तत्काल पदपूर्तिको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्था र स्थानीय तहका कार्यालयमा भौतिक संरचना तथा अति आवश्यक फर्निचर, औजार उपकरणको व्यवस्था गर्न माग गरेको छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको स्वेच्छिक अवकाश सम्बन्धी व्यवस्थालाई अनिवार्य कार्यान्वयन गरिनुपर्ने, प्रदेशमा स्वास्थ्य मन्त्रालय रहने संवैधानिक व्यवस्था तत्काल लागू गरी संघीयतामा जनस्वास्थ्य सेवाको अधिकारको प्रत्याभूति प्रदेशलाई सुम्पिनुपर्ने र स्वास्थ्य सेवाका कर्मचारीलाई निजामतिको कर्मचारीमा नमिलाई अलगै संरचनामा राख्नुपर्ने माग प्रेस विज्ञप्तिमा उल्लेख छ ।

- गोकर्ण लयो मगर

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan