बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
May 11, 2018
हावाहुरी र असिनापानीले कृषि क्षेत्रमा करोडौंको क्षति
शुक्रबार, बैशाख २८, २०७५
चितवन : चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । प्रारम्भिक विवरण अनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको चितवन कार्यालयले जनाएको छ।

अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको र काम जारी रहेको र निवेदन आउने क्रम जारी रहेको कार्यालयले बताएको छ । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा यसरी नोक्सान गरेको हो । त्यसैगरी रत्ननगर, जुटपानी, जमुनापुर, चैनपुर र ठिमुरामा केरा क्षति भएको छ ।

हाल ६ सय २० केरा किसानमध्ये करीब ५ सय जनाको क्षति भएको र अहिलेसम्म बीमा गरेका १ सय ६५ किसानमध्ये १ सय ६० जनाले क्षतिपूर्तिका लागि निवेदन दिइसकेको चितवन कार्यलयले जनाएको छ । पिडितले सरकारबाट राहत पाउनुपर्ने माग गर्दै आएका छन् ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang