शनिबार, ३ कार्तिक, २०७५ (Sat, 20 October, 2018)
समाचार
May 14, 2018
सांसदहरुद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा कुटनीतिक कमजोरी देखिएको भन्दै सरकारको आलोचना
सोमबार, बैशाख ३१, २०७५
काठमाडौं : संघीय संसदमा सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा कुटनीतिक कमजोरी देखिएको भन्दै सरकारको आलोचना गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदलाई भारतीय प्रधानमन्त्री मोदीको भ्रमण अन्त्यत्तै सफल भएको र सम्वन्ध नयाँ उचाईमा पुगेको बताएका थिए । तर सोमबारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरुले मोदी भ्रमणको क्रममा कुटनीतिक मर्यादाको ख्याल नगरिएको भन्दै कडा आलोचना गरे ।

सांसदहरुले भारतीय सत्तारुढ दलका सांसद किर्ति आजादले जनकपुर फिर्ता ल्याउनुपर्छ भनेको प्रति सरकारको धारणमा माग गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे भारत सरकारको धारणा मागिने बताए ।

परराष्ट्रमन्त्रीले जवाफ दिनुपूर्व सांसदहरुले मोदी भ्रमणको क्रममा नेपाली झन्डाको सही प्रयोग नभएको भन्दै परराष्ट्र मन्त्रालयको कमजोरी भएको भन्दै आलोचना गरेका थिए ।

कांग्रेस सांसद गगन थापाले प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतको संविधान विरोधी भनाई र नेपाली झन्डाको गलत प्रयोगप्रति इङगित गर्दै परराष्ट्रमन्त्रीलाई प्रशिक्षण दिनुपर्ने भन्दै ब्यंग्य गरे ।

भारतका विधायक किर्ति आजादको जनकपुर भारतमा फर्काउनुपर्ने भनाईप्रति आपत्ति जनाउदै एमाले सांसद भीम रावलले नेपालीको स्वाभिमानप्रति आक्रमण नगर्न माग गरे ।

छिमेकी मुलुकका राष्ट्रप्रमुख आउँदा नेपालले सुरक्षा दिन सक्ने भन्दै माओवादी सांसद पम्फा भुसालले मोदीको भ्रमणमा ३ सय भन्दा बढी भारतीय सैनिक आउनुको कारण माग गरिन् । परराष्ट्र नीति र ब्यवहार कमजोर भएको भन्दै यसतर्फ सरकारले उचित ध्यान दिनुपर्ने बताउन् ।

मोदी भ्रमणको क्रममा भारतीय सञ्चारमाध्यामलाई खुल्लमखुल्ला प्रवेश दिने तर नेपाली मिडियालाई प्रवेश रोक लगाउने कदमको विरोध भएको थियो । त्यस्तै विवेकशील साझा पार्टी कार्यालयमा प्रहरीले ब्यानर निकालेको विषयमा समेत सरकारको आलोचना भएको थियो ।

सत्तापक्ष र प्रतिपक्ष सांसदहरुले उठाएको प्रश्नसँगै मन्त्री ज्ञवालीको भारतसँग जवाफ मागिने विषयले कहिले सार्थकता पाउने हो, प्रतिक्षाको विषय बनेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan