बिहीवार, ४ असोज, २०७५ (Thu, 20 September, 2018)
देश
May 14, 2018
लोडसेडिङको मार खेपेका उपभोक्ताले अव भने लोडसेडिङबाट पुर्ण रुपमा उन्मुक्ती पाउने
सोमबार, बैशाख ३१, २०७५
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले करिव १५ बर्ष पछाडी लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । माग अनुसारको विद्युत आपुर्ति नभएको भन्दै लोडसेडिङबाट दैनिक १८ घण्टा सम्म लोडसेडिङको मार खेपेका उपभोक्ताले अव भने लोडसेडिङबाट पुर्ण रुपमा उन्मुक्ती पाउने भएका छन् ।

नेपाल विद्युत प्रधिकरणले सन २००३ सालमा माग अनुसार विद्युत आपुर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गर्यो । पहिलो पटक हप्ताको एक दिनको एक घण्टाबाट सुरु भएको लोडसेडिङ २०७३ सालसम्म आइपुग्दा दैनिक १८ घण्टा सम्म चल्यो ।

२०७३ सालको लक्ष्मी पुजाबाट परीक्षणका रुपमा काठमाडौं सहित देशका प्रमुख सहरबाट एकाएक लोडसेडिङको अन्त्य भयो । विद्युत उत्पादनमा बृदी, चुहावटमा नियन्त्रण, मागमा आएको परिवर्तनका कारण देखाउदै लोडसेडिङको अन्त्य भएको विद्युत प्राधिकरणले जनाएको छ ।

सहरमा लोडसेडिङको अन्त्य भएपनि औधोगिक क्षेत्रमा रहेको लोडसेडिङको अन्त्य हुन सकेको थिएन । विद्युतीय प्रसारण सोमबारबाट औधोगिक क्षेत्रमा हुँदै गरेको ३ घण्टाको विद्युत कटौती हटाउदै प्रधिकरणले नेपालमा रहेको लोडसेडिङलाई इतिहासको पन्नामा सिमित बनाएको छ ।

लोडसेडिङको अन्त्य भएपनि देशको ४० प्रतिशत जनसङ्ख्याले अझै विद्युतिय उर्जाको प्रयोग गर्न पाएका छैनन् । जसमध्ये करिव २२ प्रतिशत जनसङख्यामा सौर्य तथा बायु उर्जाको पहुँचमा छन् । बाँकी रहेको करिव १८ प्रतिशत जनसङख्यामा ५ बर्षभित्र पहुचमा पुर्याउने लक्ष्य लिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

बर्तमान उर्जा मन्त्री बर्षमान पुनले 'समृद्ध नेपाल, सुखी नेपाल' नारा सहित २०७५ देखी २०८५ को दशकलाई उर्जा र जलस्रोतको दशकको रुपमा मनाउने भन्दै स्वेतपत्र जारी गरे ।

उर्जा उत्पादनलाई अप्पकालिन, मध्यकालिन र दिर्धकालिन रुपमा अगाडी बढाउने जानकारी दिदै कोही पनि विद्युतीय उर्जाको प्रयोगबाट टाढा नहुने बताए । उत्पादनलाई वृद्दि गर्न स्थानिय प्रदेश तथा केन्द्र सरकार विच सहकार्य गर्दै अघि बढ्ने मन्त्री पुनको भनाई छ ।

हाल कूल विद्युत जडित क्षमता १ हजार ७३ मेगावाटमध्ये नेपाल विद्युत प्राधिकरणबाट ५ सय ६२ मेगावाट र निजी क्षेत्रबाट ५ सय ११ मेगावाट उत्पादन भइरहेको छ । राष्ट्रिय विद्युत प्रणालीमा उच्चतम् माग करिब १३ सय मेगावाट रहेको छ ।

यसरी हेर्दा अझै करिव ३ सय मेगावाट विद्युत अवस्यक छ । विद्युत माग पूर्ति गर्न आन्तरिक उत्पादनको अलावा भारतबाट ४ सय ५० मेगावाट आयात गरी माग व्यवस्थापन गरिएको छ ।

बिद्युत प्राधिकारणले ७६ जिल्लाका १ सय ३ बितरण केन्द्रबाट बिद्युत सेवा उपलब्ध गराउदै आएको छ । सरकारले लोडसेडिङको अन्त्य गरे पनि सवै नेपालीलाई विद्युतको पहुचमा पुर्याउन भने अझै केही बर्ष कुर्न पर्ने देखिन्छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan