बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
May 16, 2018
ठूलो परिमाणमा नक्कली नोट सहित ६ जना पक्राउ
बुधबार, जेष्ठ २, २०७५

काठमाडौं : चलचित्र निर्माता माधव वाग्ले सहित ६ जनालाई प्रहरीले ठूलो परिमाणमा नक्कली नोट सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले आज पत्रकार सम्मेलन गरी वाग्ले सहित ६ जनालाई २ करोड ६० लाख ६३ हजार नक्कली नोटसहित पक्राउ गरेको जानकारी गराएको हो ।

प्रहरीले फिल्म निर्माता वाग्लेको कोठाबाट १ हजार दरको २ करोड ५२ लाख बराबरको नक्कली नोट बरामद गरेको छ । वाग्ले चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक हुन् । उनी चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिली लगायत चलचित्रका निर्माता तथा वितरक हुन् । पक्राउ पर्नेहरुमा चलचित्र निर्माता वाग्ले, छापाखाना संचालकहरु प्रकाश सुवेदी र विकेश नापित तथा सुर्खेत घर भई हाल कमलपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटी, सिन्धुली घर भई ललितपुरको लूभू बस्ने १९ वर्षीय साजन तामाङ र २४ वर्षीय सुजित तामाङ रहेका छन् । वाग्लेले चलचित्र सुटिङका लागि नक्कली नोट छापेको बताएका छन ।

जेठ १ गते सुर्खेत घर भएका महेन्द्र बोगटीले काठमाडौँस्थित नयाँ बसपार्क नजिकै रहेको सुमधुर क्याफे तथा खाजाघरमा खाजा खाएर बिल तिर्दा नक्कली नोट दिए । नक्कली नोट दिएको चाल पाएपछि क्याफे सञ्चालकले तत्काल प्रहरीलाई खवर गरे ।

तत्काल गोंगबु प्रभागबाट खटिएको प्रहरी टोलीले बोगटीलाई सोधपुछ तथा खानतलासी उनको साथबाट १ लाख २० हजार नक्कली नेपाली रूपैयाँ फेला पर्यो । बोगटीले दिएको सूचनाका आधारमा सिन्धुलीका सुजित तामाङ र साजन तामाङको ललितपुरको कोठामा खानतलासी गर्दा प्रहरीले सात लाख ४३ हजार बराबरको नक्कली नोट बरामत गरयो ।

त्यसपछि बागबजारस्थित नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक ३६ वर्षीय प्रकाश सुवेदीले भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक ३९ वर्षीय विकेश नापितलाई छाप्न दिएका थिए । सबै नक्कली नोट नापितको छापामा छापिएको थियो । प्रहरीले नक्कली नोट बनाउन प्रयोग गरेको ४ थान प्लेटसमेत बरामद गरेको छ ।

निर्माता वाग्लेले आफूले फिल्मको सुटिङका लागि नक्कली नोट छापेको बताएका छन् । केही नोटमा ‘फिल्म प्रयोजनका लागि’ भनेर समेत लेखिएको छ । नक्कली नोटलाई उनीहरुले विभिन्न होटलमा बिल तिर्न, जुवा, लागुऔषध कारोबारी तथा यौनकर्मीको प्रयोग गरेर बजारसम्म पुरयाउने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनीहरुलाई १० वर्षसम्म कैद सजाय हुने बताइएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang