मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
समाचार
May 21, 2018
दश वर्षमा मध्यम आयसहितको मुलुक बनाउने लक्ष्यसहित सरकारको नीति कार्यक्रम सार्वजानिक
सोमबार, जेष्ठ ७, २०७५
काठमाडौं : सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशको रूपमा स्तरोन्नति गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाउने उल्लेख गर्नुभयो ।

आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने र दिगो विकासको लक्ष्य पूरा गरिने उल्लेख गर्दै कृषि ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकका रुपमा अगाडि बढाइने राष्ट्रपतिको भनाई छ ।

सरकारी, निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारका रुपमा विकास गरिने, प्रमुख शहरलाई हरित शहरमा विकास गर्ने, जैविक विविधताको संरक्षण तथा नदी किनारा संरक्षणमा जोड दिने, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाइने र स्वच्छ पानी उपलब्ध गराउन विशेष ध्यान दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै पाँच वर्षभित्र तराईलाई काठमाडौँसँग जोड्ने द्रुत मार्ग तथा मध्यपहाडी राजमार्ग निर्माण गरिने तथा मदन भण्डारी राजमार्ग निर्माणलाई विशेष जोड दिइने छ । रसुवागढी-काठमाडौँ-पोखरा-लुम्बिनी रेलमार्ग निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाइने सरकारको लक्ष्य छ ।

यस्तै सबै स्थानीय तहसम्म सूचना राजमार्ग विस्तार तथा विकास गरिने र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने कार्यक्रमसमेत प्रमुख प्राथमिकतामा राखिएको छ । सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गर्दै सरकारले खटाएका अनुगमन टोलीमाथि उसको कामको प्रभावकारिता हेर्न प्रधानमन्त्रीको कार्यालयबाट अर्को अनुगमन गरिने पनि बताएको छ ।

नीति तथा कार्यक्रममा अहिले हुने गरेका अनियमितता, भ्रष्टाचार तथा कर्मचारीकै मिलेमतोमा हुने गडबडीलाई रोक्न दोहोरो अनुगमन प्रणाली ल्याउन लागिएको जनाइएको छ । अहिले प्रधानमन्त्री कार्यालय मातहतमा राजश्व अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण विभाग तथा राष्ट्रि अनुसन्धान विभाग रहेका छन् ।

अनुगमनको जिम्मा पाएका यी निकायलाई पनि प्रभावकारी बनाउन सरकारले अनुगमन माथि अनुगमन गर्ने भएको हो ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan