शुक्रबार, १ भाद्र, २०७५ (Fri, 17 August, 2018)
समाचार
May 22, 2018
सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेती पक्राउ
मंगलवार, जेष्ठ ८, २०७५
काठमाडौं : सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रती गोरेलाई आज पक्राउ गरी सार्वजनिक गरिएको छ ।

सनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन प्रकरणका मुख्य अभियुक्त गोरेलाई गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको र मोरङ जिल्ला अदालतमा पेश गरिएको छ । गोरेबाट सुन तस्करीका थप रहस्य खुलेको गृह मन्त्रालयको छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले बताएको ।

छानबिन समितिको म्याद पनि थप भएकाले गोरेको बयान र थप अनुसन्धानपछि तस्करीका अन्य रहस्य सार्वजनिक गरिने पौडेलले पत्रकार सम्मेलनमा बताए । गोरेको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको थियो ।

विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको बताइन्छ । गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर शनम शाक्यको हत्या गरेको अभियोग लागेको छ । यो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ ।

यसैबीच, आजै मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र दुईजनालाई तारेखमा छाड्ने आदेश दिएको छ ।

११ दिनसम्म दुवैतर्फको थुनछेक बहस सुनेपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले आज यस्तो आदेश दिएको हो । थुनामा पठाइएकाहरुमा पूर्वडीआइजी, बहालवाला एसएसपीदेखि सुन व्यापारीसम्म छन् । उनीहरुलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।

अदालतले प्रहरीजवान अमरबहादुर थापालाई साधारण तारेख र प्रहरी हवल्दार विष्णबहादुर खड्कालाई १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । पुर्व डिआइजी गोविन्द्र निरौला, एसएसपी विकासराज खनाल, एसएसपी दिवेश लोहनीलगायत प्रहरी अधिकृतलगायतलाई मोरङ जिल्ला कारागार पठाइएको छ ।

सुन काण्डमा मुख्य नाइके भनिएका गोरे भनिने चुडामणी उप्रेतीलाई आज अदालतमा उपस्थिति गराइएको छ । दिउँसो तीन बजे उनलाई जिल्ला अदालतमा लगिएको थियो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa