सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
खेलकूद
May 22, 2018
नेपाली क्रिकेटर सन्दिप लामिछाने स्वदेश फिर्ता
मंगलवार, जेष्ठ ८, २०७५
काठमाडौं : एघारौं संस्करणको ईण्डियन प्रिमियर लिग आईपिएलमा सहभागि भएका पहिलो नेपाली क्रिकेटर सन्दिप लामिछाने आज नेपाल फर्किएका छन् ।

विश्वकको सबैभन्दा महँगो ब्यवसायिक क्रिकेट लिग आईपिएलमा दिल्ली डेयर डेविल्सबाट खेलेका सन्दिप लामिछाने आज नेपाल फर्केका हुन् । नेपाल फर्के लगतै सन्दिपले आईपिएल मार्फत धेरै सिक्ने अवसर पाएको र नेपालललाई चिनाउन पाएको भन्दै खुशी ब्यक्त गरे ।

आईपिएलमा आफ्नो प्रवेशसँगै अन्य नेपाली क्रिकेटरहरुको लागि पनि ब्यवसायिक ढोका खुलेको उनले बताए । दिल्ली डेयर डेबिल्सबाट खेलेका सन्दिपले कुल १२ ओभर गर्दै ८१ रन खर्चेर ५ विकेट लिएका थिए । उनले रोयल च्यालेन्जर्स बेङेलोरको एक, चेनई सुपर किङ्सको एक तथा मुम्बई ईण्डियन्सको तिन विकेट लिएका थिए ।

उनले लिएका विकेटहरुमा सुरेश रैना, काइरन पोलार्ड, पार्थिव पटेल लगायत चर्चित नाम समेत छन् । शुरुको ११ खेलमा बेन्चमा बस्न बाध्य सन्दिपले दिल्लीका लागि अन्तिम तिन खेलमा बलिङ गरेका थिए । यस सिजनको लागि सन्दिपलाई दिल्ली डेयर डेविल्सले भारतिय रुपैयाँ २० लाखमा अनुबन्धन गरेको थियो ।

यस लगतै सन्दिप मे ३१ मा लर्डस्मा वेस्टईण्डिज बिरुद्ध हुने खेलको लागि वल्र्ड ईलेभेनबाट खेल्न बेलायत जादैछन् । त्यसपछि सन्दिप अगस्टमा वेस्टईण्डिजमा हुने क्यारबियन प्रिमयिर लिग सिपिएल खेल्न त्यसतर्फ जानेछन् । उनी त्यहाँ सेन्ट नेभिस एण्ड किट्सको तर्फबाट खेल्नेछन् । क्रिस गेलको कप्तानीमा रहेको सेन्ट नेभिस एण्ड किट्सले उनलाई ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरिसकेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale