सोमबार, २९ असोज, २०७५ (Mon, 15 October, 2018)
खेलकूद
Jun 11, 2018
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई, फाइनलमा त्रिभुवन आर्मी ६ विकेटले पराजित
सोमबार, जेष्ठ २८, २०७५
काठमाडौं : प्रधानमन्त्री कप एकदिबशीय राष्ट्रिय क्रिकेटको उपाधि शसस्त्र प्रहरीको एपिएफले जितेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको फाईनलमा अर्को बिभागीय टोली त्रिभुवन आर्मी क्लवलाई एपिएफले ६ विकेटले पराजित गर्यो । आर्मीले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको एपीएफले ४१ दशमलव २ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।

एपिएफको जितमा अनिल कुमार साह र प्रदीप ऐरिले समान ६३-६३ रनको योगदान गरे । यस्तै पृथु बास्कोटाले ३२ तथा रोहित कुमार पौडेलले १५ रन बनाए । करण केसी र सुवास खकुरेल क्रमस १५ र १४ रनमा नटआउट रहे ।

आर्मीका सोमपाल कामीले ३ विकेट लिए । यसअघि टस जितेर पहिला व्याटिङ गरेको आर्मी अन्तिम बलमा सबै विकेट गुमाउँदै २ सय ९ रनमा समेटिएको थियो । आर्मीका लागि भीम सार्कीले ४५, कप्तान बिनोद भण्डारीले ३६, सोमपाल कामीले ३५ र राजेश पुलामी मगरले २७ रन बनाए ।

एपीएफका करन केसीले ३ तथा बसन्त रेग्मी र भुवन कार्कीले समान २-२ विकेट लिए । प्रतियोगिताको म्यान अफ दि फाईनल अनिल कुमार साह बने भने उत्कृष्ट खेलाडी सागर पुन घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट बलर १२ विकेट सहित सुसन भारी बने । उनले समान १२ विकेट लिएका सोमपाल कामीलाई पछि पारेका हुन् । प्रतियोगीताको उत्कृष्ट व्याट्समेन ३ सय १५ रन सहित प्रदिप ऐरी बनेभने ४ नम्बर प्रदेशका खेलाडी हरीबहादुर चौहान ईमर्जिङ प्लेयर अफ दि ईयर बने ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan