आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
समाचार
Jun 11, 2018
अमेरिका र उत्तर कोरियाको ऐतिहासिक शिखर वार्ता मंगलबार सिंगापुरमा
सोमबार, जेष्ठ २८, २०७५
काठमाडौं : एक अर्काप्रति दुश्मनीपूर्ण अभिब्यक्ति दिँदै आएका उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बहुप्रतीक्षित ऐतिहासिक वार्ता सिंगापुरमा हुँदैछ ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धदेखि नै सम्बन्ध शत्रुवत् रुपमा रहेका अमेरिका र उत्तर कोरियाका शिर्ष नेताबीच पहिलो पटक सिंगापुरको सेन्टोसा टापुमा रहेको क्यापेला होटलमा हुन लागेको वार्तालाई संसारले नियाली रहेको छ ।

वार्ताको दुई दिन अघि नै सिंगापुर पुगेका अमेरिकी राष्ट्रपति ट्रम्प सांग्रिला होटलमा बसेका छन् भने त्यसको केही पर सेन्ट सेजिस होटलमा बसिरहेका छन् उत्तर कोरियाली नेता किम उन । निकट विगतमै यी दुई नेताबीच दुश्मनीपूर्ण जुहारी देखेको सारा विश्व यो वार्ताबाट आश्चर्य चकित छ ।

यो शिखर वार्ता दुई नेताका लागि मात्र नभएर अमेरिका र उत्तर कोरियाबीचकै पहिलो शिर्ष वार्ता हो । यो वार्ता केवल कोरियाली प्रायद्विपको शान्तिका लागि मात्र नभई विश्व शान्तिका लागि पनि त्यतिकै महत्वपूर्ण मानिएको छ । वार्तालाई नेपालमा पनि निकै चासोका साथ हेरिएको छ ।

उत्तर कोरियाबाट आफ्नो सुरक्षामा खतरा महशुस गर्ने राष्ट्र जापान नेपालको प्रमुख दाता राष्ट्र हो । यो वार्ता सफल भए जापानले सुरक्षामा गरिरहेको खर्च स्वतः क्षेत्रीय विकास र समृद्धिमा आउने कुटनीतिज्ञहरुको भनाई छ ।

यो वार्तासँग नेपालको साइनो यत्तिमै सीमित छैन । इतिहासकै सर्वाधिक महत्वको शिखर वार्तामा सुरक्षाको जिम्मेवारी सिंगापुरमा कार्यरत गोर्खा सुरक्षाकर्मीले पाएपछि वीर नेपाली भन्ने मान्यतालाई थप बल पुगेको छ ।

हुन त ट्रम्प र किमबीचको वार्ताले कस्तो मोड लिन्छ र यसले के परिणाम दिन्छ त्यो यसै भन्न नसकिने अवस्था छ । तर उत्तर कोरियालाई निःशस्त्रीकरण गर्ने विश्वका शक्ति राष्ट्रहरुको चाहाना पूरा हुने दिशामा सहमति भएमा क्षेत्रीय मात्र नभएर विश्व शान्तिका लागि पनि महत्वपूर्ण योगदान पुग्न सक्ने विश्लेषकहरुको भनाई छ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan