देश
Jun 11, 2018
सम्पत्ति शुद्धिकरण विभागले थाल्यो सुन तस्करीका मुख्य अभियुक्तमाथिको छानविन
सोमबार, जेष्ठ २८, २०७५
काठमाडौं : सम्पति शुद्धीकरण बिभागले सुन तस्करी प्रकरणमा सलंग्न आरोपीहरुको सम्पति छानविन सुरु गरेको छ । पहिलो चरणमा मुख्य नाइके भनिएका चुडामणी उप्रेती, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गरुङ र छिरिङ वङ्गेल गुरुङको सम्पति छानबिन शुरु गरेको छ ।
३८ क्वीन्टल सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा पुर्पक्षका लागी जेल चलान भएका अभियुक्तलाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण बिभागले अनुसन्धान अघि बढाएको हो ।
मुख्य आरोपी गोरे भनिने चुडामणि उप्रेती, छिरिङ वङगेल गुरुङ र अर्का आरोपी भुजुङ गुरुङलाई सम्पति शुद्धीकरण बिभागले प्रारम्भिक बयान लिएको हो । सोमबार बिहान मोरङ जिल्ला कारगारबाट उनीहरुलाई काठमाडौं ल्याइएको र बिभागले गोरे र उनको टोलीसँग बयान लिएको बताइएको छ ।
तिनै जनालाई सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्धा चलाउने र तस्करीमा संलग्न व्यक्तिको बारेमा छानविन समितिले थप अनुसन्धान गर्ने गरी जिल्ला अदालत मोरङले काठमाडौं ल्याउन अनुमति दिएको हो । उनीहरु भरिया मात्र हुन सक्ने हुनाले सुन तस्करीको मुख्य तस्कर पत्ता लगाउन सहयोग पुग्ने सम्पती शुद्धीकरण बिभागले जनाएको छ ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानविन गर्न गठित समितिले आरोपीहरुको सम्पत्ति छानविन गर्न सुझाव दिएपछि बिभागले प्रक्रिया अगाडी बढाएको हो । सुनको वास्तविक मालिक को हुन् भन्ने खुलिनसकेको अवस्थामा आफुले पाएका सुचनाका आधारमा अनुसन्धान गर्दै जाने सम्पत्ति शुद्धीकरण बिभागका निर्देशक बिनोद लामिछनानेले बताए ।
बिभागको प्रारम्भिक बयान पश्चात आरोपीहरुलाई केन्द्रिय कारगारमा राखिएको छ । तिनै जना आरोपीलाई बिशेष सुरक्षा सहित बेग्लाबेग्लै स्थानमा राखिएको केन्द्रिय कारगार प्रशासनले जनाएको छ ।

प्रतिक्रियाहरु
अरु समाचारहरु
संक्षिप्त समाचार
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
Correspondent
Laxmi Kishori Parajuli
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, Pawan Kumar Tamang
Rohini Chhetri, Pawan Kumar Tamang