आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
आर्थिक
Jun 11, 2018
मुआब्जा वितरण सम्बन्धी बुढीगण्डकी जलविद्युत आयोजनामा विवाद
सोमबार, जेष्ठ २८, २०७५
काठमाडौं : बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण सम्बन्धी विवाद पुन चर्किएको छ ।

१२ सय मेगावाट क्षमताको बहुचर्चित बुढीगण्डकी आयोजनाको मुआब्जा कुन बैंकबाट वितरण गर्ने भन्नेबारे सरकारी निकायहरुबीच बिवाद देखिएको हो । आयोजना कार्यालयले मुआब्जा वितरणको लागि डुवान पिडितको निवेदन संकलन गर्दा राष्ट्रिय वाणिज्य बैँकमा खाता खोल्न कागजपत्र संकलन गरेको थियो ।

तर भुक्तानी दिँदा निजी स्तरको प्रभु बैँकलाई जिम्मेवारी दिएपछि समस्या देखिएको हो । मुआब्जा वितरण गर्ने निकाय जिल्ला प्रशाासन कार्यालयले भुक्तानी आदेश सहित १ अर्व २७ करोड ६२ लाख रकमको चेक कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाएको थियो ।

कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख यज्ञ प्रसाद ढकालले सरकारी कारोवार सरकारी वैंकबाटै हुनुपर्ने र राष्ट्रिय वाणिज्य बैंकमै पैसा पठाउनुपर्ने तर्क गरी चेकमा हस्ताक्षर नगरिदिएपछि मुआब्जा वितरण रोकिएको हो ।

यसअघि गत जेठ १७ गते बुढीगण्डकी आयोजनाका लेखा उपसचिव सुरेस कुमार पोखरेलले जिल्ला प्रशासन कार्यलयको नाममा पठाएको पत्रमा भने प्रभु बैंकको बेनिघाट शाखामा मुआब्जा रकम पठाइदिन भनिएको छ ।

आयोजना कार्यलयले बाणिज्य बैङ्कले ढिलासुस्ती गरेकोले आयोजना स्थल नजिकै रहेको प्रभु बैंकको शाखाबाट वितरण गर्न लागिएको तर्क गरेको छ । यसअघि बाणिज्य बैङ्कमै खाता संचालन गरेकोले प्रभु बैंकमा पैसा पठाउदा थप सास्ती हुने पिडितहरु भनाई छ ।

मुआब्जा वितरणमा भइरहेको ढिलासुस्तीले पिडितहरु निराश भइरहेको बेला सरकारी निकायहरु र बैंकहरुको आन्तरिक खिचातानीका साथै बुढीगण्डकी आयोजनाको स्वार्थको कारण समस्या थपिएको सरोकारवाला बताउँछन् ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang